१२ असार २०८३, शुक्रबार

अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकार क्रियाशील

अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकार क्रियाशील

सरकारले अन्तर्राष्ट्रिय बजारमा अत्यावश्यक वस्तुको अस्वभाविकरुपमा मूल्यवृद्धि हुँदा त्यसको प्रभाव नेपाली बजारमा पनि परेको जनाएको छ । 

विनियोजन विधेयक, २०७९ अन्तर्गत विनियोजन शीर्षकमाथिको छलफलका क्रममा उठेका जिज्ञासाको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको तर्फबाट जवाफ दिँदै परराष्ट्रमन्त्री डा नारायण खड्काले अन्तर्राष्ट्रिय परिस्थित सहज नभएसम्म मूल्यवृद्धि नियन्त्रणमा आउन कठिन देखिएको बताए ।

“अन्तर्राष्ट्रिय र आन्तरिक कारणले अहिले पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तुको मूल्यवृद्धि भएको छ”, उनले भने, “यो मूल्यवृद्धिमा हाम्रो आन्तरिकभन्दा पनि बाह्य कारण प्रमुख छ, खाद्यान्नलगायत वस्तुको आन्तरिक उत्पादन हुन नसक्दा बजारमा प्रभाव परेको हो ।”
 
वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिमा सुधार आउनेबित्तिकै पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तुको मूल्य घट्ने उनले बताए । 

अत्यावश्यक वस्तुको आन्तरिकरुपमा उत्पादन बढाउनेतर्फ सरकारको ध्यान गएको उल्लेख गर्दै मन्त्री खड्काले अत्यावश्यक वस्तुको अस्वभाविक मूल्यवृद्धि निणन्त्रण गर्न सरकार क्रियाशील रहेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्