२५ असार २०८३, बिहीबार

देशभर  ४१ वटा रुग्ण पुल

देशभर  ४१ वटा रुग्ण पुल

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १५० रुग्ण पुललाई घटाएर ४१ मा झारेको छ । विभिन्न कारणले निर्माण अघि बढ्न नसकेका धेरै पुल निर्माणलाई तीव्रता दिन लगाइएको हो ।  

प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरुको प्रश्नको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले यो महिनाको मसान्त सम्ममा रुग्ण पुलको सङ्ख्या अझै कम हुने बताइन् । 

पुल सम्पन्न नहुँदा नागरिकले सास्ती पाएकाले उच्च प्राथमिकता दिएर अघि बढाइएको मन्त्री यादवले बताइन् । ठेक्का सम्पन्न हुन बाँकी पुरानो सडक र पुललाई पूर्णता दिन लागिएको उनको भनाइ थियो । हुलाकी राजमार्गलगायत निर्माणाधीन सडक आयोजनामा पुल समयमा सम्पन्न गराउन व्यवसायीलाई कडाइ गरिएको उनको भनाइ छ । मन्त्री यादवका अनुसार डिभिजन प्रमुखलाई काठमाडौँमा नबसेर कार्यक्षेत्रमा पुगेर सञ्चालित कामको अनुगमन गर्न निर्देशन दिइएको छ । प्रत्येक १५/२० दिनमा भर्चुअल बैठकमार्फत उनीहरुसँग सम्पर्क गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्