
चलचित्र ‘म’ साउन २० मा प्रदर्शनमा आउने भएको छ । कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुती रहेको चलचित्रलाई सुवर्ण थापाले निर्देशन गरेका हुन् ।
चलचित्रमा निराजन प्रधान, निशा अधिकारी, सबिन श्रेष्ठ, रुबिना थापा, नरेन खड्का, सरिता लामिछाने, सरोज खनाल, संजोग रसाईली, पुनम श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय छ ।
अभिनेत्री निशा यही चलचित्रमार्फत आधा दशकपछि अभिनयमा फर्किएकी छिन् ।
प्रकाश पुरीको कथा एवं पटकथा रहेको चलचित्रको निर्मातामा विमला हुमागाईँ र पदम पुरी छन् ।
तेन्जिन पाल्देनको छायाँकन रहेको चलचित्रलाई बनिश शाहले सम्पादन गरेका हुन् ।
आगामी शनिबार चलचित्रको टिजर सार्वजनिक गर्ने निर्माण यूनिटको तयारी छ ।
सुवर्ण थापाको निर्देशन रहेको अर्को चलचित्र ‘राधा’ भदौ १० मा प्रदर्शन हुँदैछ ।
