

काठमाडौं, ६ साउन — तीन दिनको अस्पताल बसाइपछि पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार डिस्चार्ज भएका छन् ।
मुटुसम्बन्धी समस्याका कारण पूर्वराजा ज्ञानेन्द्र थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए ।
एन्जिओप्लास्टीपछि पूर्वराजा शाह डिस्चार्ज भएका हुन् ।
अस्पतालबाट डिस्चार्ज हुने समयमा बुवाको स्वागतका लागि पूर्वयुवराज पारस शाह अस्पताल पुगेका थिए ।
लामो समयदेखि परिवारसँग टाढा रहेका पारस पछिल्लो समय परिवारका सदस्यसँग देखिने गरेका छन् ।