
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानसेनापति प्रभुराम शर्मालाई छलफलका लागि बोलाएको छ ।
सेनाले एसपीपीका लागि पत्राचार गरेको विषय सार्वजनिक भएपछि समितिले शर्मालाई बोलाएकाचे हो । शुक्रबार बिहान ९ बजेका लागि बस्ने तय भएको बैठकमा प्रधानसेनापति शर्मालाई छलफलमा बोलाएको हो ।
बैठकमा परारष्ट्रमन्त्री नारायण खड्का, परराष्ट्र सचिव भरतराज पौड्याल र रक्षा सचिव किरणराज शर्मालाई पनि बोलाइएको छ।