×

NMB BANK
NIC ASIA

स्थानीय निर्वाचनमा ७७ पत्रकार विजयी

असार २, २०७९

NTC
Premier Steels

स्थानीय तहमा विजयी र उम्मेदवार बनेर सक्रिय राजनीतिमा होमिएका पत्रकारलाई नेपाल पत्रकार महासङ्घले जिम्मेवारी र साधारण सदस्यता समेतबाट हटाउन थालेको छ । नेपाली पत्रकारितालाई स्वतन्त्र, निष्पक्ष र व्यावसायिक तुल्याउन महासङ्घले चालेको शुद्धीकरणको अभियानअन्तर्गत सक्रिय राजनीतिमा लागेका पत्रकारलाई महासङ्घबाट बिदाइ गरिएको हो ।

Muktinath Bank

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा हालसम्मको विवरणअनुसार महासङ्घमा सदस्य रहेका ७७ जना पालिकाको प्रमुख उपप्रमुखसहित विभिन्न पदमा विजयी र २०७ जना उम्मेदवार रहेका थिए । विजयी भएकालाई महासङ्घले साधारण सदस्यताबाट स्वतः हटाएको छ भने उम्मेदवार भएका वा उम्मेदवार भएर फिर्ता लिएकालाई महासङ्घको केन्द्र, प्रदेश र जिल्ला कमिटीको पदाधिकारी वा कार्यसमितिमा रहेकाको हकमा उक्त जिम्मेवारीबाट मुक्त गराई साधारण सदस्य हटाउने तयारी गरेको छ । महासङ्घका केन्द्रीय सदस्य शान्त आङबुहाङ र दीपेन्द्र रुम्दाली राईसहित ३० जना सदस्यले उम्मेदवारी दिनुअगावै महासङ्घबाट राजीनामा दिएका थिए । महासङ्घले ती राजीनामा स्वीकृत भइसकेको जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


महासङ्घका महासचिव रोशन पुरीका अनुसार महासङ्घका सदस्यमध्ये प्रदेश नं १ मा २८ जना उम्मेदवार र १४ जना विजयी,  मधेस प्रदेशमा २४ जना उम्मेदवार र पाँच जना निर्वाचित, बागमती प्रदेशमा ४१ जना उम्मेदवार र १३ जना विजयी, गण्डकी प्रदेशमा ३३ जना उम्मेदवार र १५ जना विजयी भएका थिए । 


Advertisment
Nabil box
Kumari

यस्तै पत्रकारिताबाट राजनीतिमा लागेकामध्ये लुम्बिनी प्रदेशमा ३७ जना उम्मेदवार र १५ जना विजयी, कर्णाली प्रदेशमा २४ उम्मेदवार, १२ जना विजयी र सुदूरपश्चिम प्रदेशमा २० जना उम्मेदवार र १० जना विजयी भएका थिए ।

Vianet communication


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x