२५ जेठ २०८३, सोमबार

मङ्कीपक्सको आशङ्का गरिएका बिरामीको उपचार जारी

मङ्कीपक्सको आशङ्का गरिएका बिरामीको उपचार जारी

नेपालमा एक जनालाई मङ्कीपक्सको आशङ्का गरिएको छ । दुबईबाट नेपाल आएका २६ वर्षीय पुरुषलाई मङ्कीपक्सको आशङ्का गरिएको छ । अहिले उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । 

अस्पतालका निर्देशक डा मनिषा रावलले अहिले ती बिरामीलाई भर्ना गरेर उपचार गरिरहेको बताइन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वास्थ्य सहायता कक्षले मङ्कीपक्सको आशाङ्कामा टेकु अस्पतालमा पठाएको थियो । 

उनका अनुसार ती बिरामीलाई  मङ्कीपक्सको जस्तो लक्षण उच्च ज्वरो, शरीरमा फोका आउने जस्ता समस्या रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्