२७ जेठ २०८३, बुधबार

कालीगण्डकीमा बेपत्ता सातै जनाको उद्धार

कालीगण्डकीमा बेपत्ता सातै जनाको उद्धार
फाइल तस्‍वीर

कालीगण्डकी नदीमा र्‍याफ्टिङ गर्ने क्रममा बेपत्ता सातै जनाको जीवितै उद्धार गरिएको छ । 

पाल्पाको रानीमहल क्षेत्रमा र्‍याफ्टिङ गर्ने क्रममा बिहीबार साँझ डुङ्गा पल्टिँदा भारतको गोरखपुरबाट आएका पर्यटक बेपत्ता भएका थिए ।

डुङ्गा पल्टिएको करिब पौने घण्टाभित्र सातै जनाको जीवितै उद्धार गर्न सफल भएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए ।

स्थानीयवासी र डुङ्गा चालकले बेपत्ताको उद्धार गरेका हुन् । वर्षायाम शुरू भएकाले डुङ्गा नचलाउन सुझाव दिएको उनले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्