०८ साउन २०८३, शुक्रबार
एसपीपी विवाद

संसदीय समितिमा भीम रावलले परराष्ट्रमन्त्रीको झाँको झारे

असार ३, २०७९
संसदीय समितिमा भीम रावलले परराष्ट्रमन्त्रीको झाँको झारे

नेकपा एमालेका सांसद एवं पूर्व रक्षामन्त्री भीम रावलले परराष्ट्रमन्त्री नारायण खड्काको भूमिकालाई लिएर आपत्ति जनाएका छन् । 

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रवार बसेको बैठकमा मन्त्री खड्काले अमेरिकी राज्य साझेदारी परियोजना (एसपीपी)बारे नकोट्याउन आग्रह गरेपछि रावलले आपत्ति जनाएका हुन् । 

‘परराष्ट्रमन्त्रीले एसपीपीको च्याप्टर क्लोज भयो । नकोट्याउँ भन्न पाइन्छ ? यो तपाईंको व्यक्तिगत मामिला हो ? सबै जनतालाई जानकारी गराउनु तपाईंको पदीय दायित्व हो,’ रावलले भने । 

एमाले सांसद रावलले एसपीपीबारे प्रतिनिधि सभामा पराष्ट्रमन्त्रीले भ्रमपूर्ण जवाफ दिएको बताए । ‘अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले नेपाल भ्रमण गर्दा तिब्बती शरणार्थीको क्याम्प भ्रमण गर्नु देशको हितमा रहेको भनेर भन्नुभयो,’ रावलले यसो भन्दै गर्दा खड्काले आफूले नबोलेको दाबी गरे ।

रावलले प्रमाण दिन सक्ने बताएपछि मन्त्री खड्का चुप लागे । ‘तपाईंले कुरा काटेबाट तपाईंले बोलेको कुरा प्रमाणित हुन्छ,’ रावलले भने । 

एसपीपीको बारेमा मन्त्री खड्काले झुटो दाबी गरिरहेको उनले आरोप लगाए । ‘एसपीपी इण्डो प्यासिफिकको एउटा अंग हो भनेपछि अमेरिकाको रक्षा मन्त्रालयभन्दा बढी प्रवक्ता कोही छैन होला नि ? कि यो विषय यस्तै हो कोट्याउन हुँदैन ?,’ रावलले प्रश्न गरे ।

त्यसअघि संसदीय समितिको बैठकमा मन्त्री खड्काले एसपीपीको ‘च्याप्टर क्लोज’ भएको भन्दै नकोट्याउन आग्रह गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्