१७ असार २०८३, बुधबार

पर्यटनमन्त्रीको अभिव्यक्ति स्वेच्छाचारी भन्दै वायुसेवा सञ्चालक संघले गर्‍यो विरोध, प्रधानमन्त्रीलाई ज्ञापनपत्र

पर्यटनमन्त्रीको अभिव्यक्ति स्वेच्छाचारी भन्दै वायुसेवा सञ्चालक संघले गर्‍यो विरोध, प्रधानमन्त्रीलाई ज्ञापनपत्र
पर्यटनमन्त्री प्रेम आले ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेले संसदमा गरेको घोषणाप्रति वायुसेवा सञ्चालक संघले विरोध जनाएको छ । 

आलेले १ असारको संसद बैठकमा ‘प्रेसराइज’ जहाज १० वर्ष र ‘ननप्रेसराइज’ जहाज १५ वर्ष पुरानो नेपालमा किनेर ल्याउन नपाइने कानून बनाउन लागिएको बताएका थिए । हाल नेपालमा ‘प्रेसराइज’ १५ र ‘ननप्रेसराइज’ जहाज २० वर्षसम्मको भित्र्याउन पाइने व्यवस्था छ ।

जहाजको उच्च प्राविधिक तथा संवेदनशील पाटो नबुझी मन्त्रीले गरेको घोषणाको विरोध गर्दै वायुसेवा सञ्चालक संघले प्रधानमन्त्री शेरबहादुर देवाउका ध्यानाकर्षण गराएका छन् ।

‘मन्त्रीले स्वेच्छाचारी, अव्यवहारिक तथा तर्कहीन अभिव्यक्ति दिएका छन् । पर्यटन मन्त्रीले गरेको उक्त घोषणालाई कार्यान्वयन नगर्न प्रधानमन्त्रीसमक्ष अग्रह गर्दछौं,’ वायुसेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाद्वारा लेखिएको पत्रकार उल्लेख छ । 

शुक्रवार प्रधानमन्त्रीलाई लेखेको उक्त पत्रमा मन्त्रीले एकतर्फी अभिव्यक्ति दिएको,  जहाजको हरेक पार्टपूर्जाको निश्चित साइकल तथा अवधि हुने भएकोले जहाज कहिल्यै पुरानो नहुने उल्लेख छ । जहाजको मर्मत अन्तर्राष्ट्रिय मापदण्डअनुसार हुने पनि संघले उल्लेख गरेको छ ।  

जहाजको चेकजाँज, नियामक  निकायले नियमित रूपमा गरिराख्ने र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन लगायतका हवाई सुरक्षा तथा व्यवस्थापन मापदण्डलाई अक्षरस पालना भइरहेको दाबी संघको छ ।

संघले विमानको उमेरसँग जहाज दुर्घटना दाँज्नु कदापि नहुने र हरेक दुर्घटनाको छानबिन प्रतिवेदन हेर्दा छर्लङ्ग हुनेसहितको विषयलाई पनि उल्लेख गरेको छ । 

मन्त्री आलेले बोलेको कुरामा तर्क नभएको र व्यवहारिकसमेत नभएकाले पालना नगर्न नगराउन माग गर्दै संघले प्रधानमन्त्रीलाई नै पत्र लेखेको हो ।


 

salt training

कमेन्ट गर्नुहोस्