२३ असार २०८३, मंगलबार

परीक्षा रद्द गर्ने सहरी विकास मन्त्रालयको निर्णय

कात्तिक २०, २०७४
परीक्षा रद्द गर्ने सहरी विकास मन्त्रालयको निर्णय
Arjun-narsing
काठमाडौँ, २२ मङ्सिर - सहरी विकास तथा भवन निर्माण विभागले इन्जिनियर, सव–इन्जिनियर तथा असिस्टेन्ट सव–इन्जिनियर करारमा लिनका लागि लिइएको परीक्षा रद्द गरिएको सहरी विकास मन्त्रालयले जनाएको छ ।
विभागले लिएको लिखित तथा मौखिक परीक्षामा अनियमितता तथा धाँधली भएको भन्ने गुनासो आएकाले वास्तविकताको छानविन गर्न मन्त्रालयका सहसचिवको संयोजकत्वमा एक छानविन समितिको प्रतिवेदनका आधारमा परीक्षा रद्द गरिएको आज मन्त्रालयले उल्लेख गरेको छ ।
परीक्षामा भएको त्रुटिमा संलग्न कर्मचारीको सम्बन्धमा मन्त्रालयले थप छानबिन गरी आवश्यक कारबाही गर्ने निर्णय भएको सहरी विकासमन्त्री अर्जुन नरसिंह केसीका प्रेस संयोजक शिव देवकोटाले जानकारी दिए ।
मन्त्रालयका अनुसार अब लिइने परीक्षालाई गोपनीय, विश्वसनिय, निष्पक्ष, प्रक्रियागतरुपमा पारदर्शी र वैध बनाउन लोक सेवा आयोगसँग समेत समन्वय गरी आयोग तथा आवश्यकताअनुसार अन्य विज्ञको समेत प्राविधिक सहयोग लिन विभागलाई निर्देशन दिने निर्णय गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्