२५ जेठ २०८३, सोमबार

डा. सीके राउत र रेशम चौधरीबीच आगामी चुनावमा गठबन्धन गर्ने सहमति

डा. सीके राउत र रेशम चौधरीबीच आगामी चुनावमा गठबन्धन गर्ने सहमति
फाइल फोटो

नेता रेशम चौधरीको निर्देशनमा स्थानीय चुनावबाट उदाएको राष्ट्रिय जनमुक्ति पार्टी र अपेक्षाकृत सफलता हात नपारेको डा. सीके राउत नेतृत्वको जनमत पार्टीबीच आसन्न चुनावमा गठबन्धन हुने भएको छ ।

डिल्लीबजार कारागारमा रहेका चौधरीलाई बिहीवार भेटेर डा. राउतले चुनावमा गठबन्धन गर्ने सहमति गरेका हुन् ।

कारागारमै गएर चौधरीसँग भेटघाट गरेको अध्यक्ष राउतले लोकान्तरलाई बताए । भेटघाटमा ३ दलबीच गठबन्धन गरेर जाने सहमति भएको छ । नेता कुमार लिङ्देन नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई पनि गठबन्धनमा समावेश गर्ने सहमति दुवै नेताले गरेका छन् ।

‘भेटघाटमा स्थानीय चुनावको समीक्षा भयो, गठबन्धन नगर्दा रुपन्देही र बर्दियामा क्षति भएको निष्कर्ष निस्कियो र गठबन्धन गरेर जाने सहमति भयो,’ अध्यक्ष राउतले भने । 

salt training

कमेन्ट गर्नुहोस्