०७ असार २०८३, आइतबार

डुबेर १८ वर्षीय युवकको मृत्यु

डुबेर १८ वर्षीय युवकको मृत्यु

तनहुँको व्यास नगरपालिका–५ स्थित साँगेखोलामा म्याग्दे गाउँपालिका–७ का १८ वर्षीय रुपेश विकको आज डुबेर मृत्यु भएको छ । 

    माछा मार्ने क्रममा खोलामा निजको विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए । 

विकसँगै माछा मार्न गएका १७ वर्षीय विशाल उचैको भने सामान्य अवस्थामा प्रहरी र स्थानीयवासीले जीवितै उद्धार गरी निजको दमौली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

कमेन्ट गर्नुहोस्