२३ जेठ २०८३, शनिबार

सैनिक भर्तीको अग्निपथ योजनाले भारतमा हंगामा, १३ राज्यमा युवाको प्रदर्शन

असार ४, २०७९
सैनिक भर्तीको अग्निपथ योजनाले भारतमा हंगामा, १३ राज्यमा युवाको प्रदर्शन

भारत सरकारले सैनिक भर्तीका लागि ल्याएको अग्निपथ योजनाको विरोध भएको छ ।

सेनामा नयाँ भर्ती भएका युवाले ४ वर्षमा अनिवार्य अवकाश पाउने गरी सरकारले ल्याएको योजनाको विरोध भएको छ ।

पूर्व तयारी र मेहनत गरेर सेनामा भर्ती भएपछि पनि ४ वर्ष मात्रै जागिर पाइने भएकाले युवाहरू विरोधमा उत्रिएका छन् । युवाको विरोधले उत्तर प्रदेश, बिहार, हरियाणा, हिमाञ्चल, उत्तराखण्ड, राजस्थान लगायत राज्यमा प्रदर्शनले हिंसाको रूप लिएको छ ।

प्रदर्शन उग्र भएपछि बिहारका १२ जिल्लामा ४८ घण्टासम्म मोबाइल र इन्टरनेट सेवा बन्द गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हरियाणाको १ जिल्लामा एसएमएस सेवा समेत बन्द गरिएको छ ।

सरकारले वार्षिक ४०/५० हजार युवालाई सेनामा भर्ती गर्न अग्निपथ योजना ल्याएको छ । योजनाअनुसार १७–२१ वर्षका युवा सेनामा भर्ती हुन पाउने र ४ वर्षपछि अनिवार्य अवकाश हुने प्रावधान छ ।

सेनामा भर्ती भइसक्दा समेत ४ वर्षपछि फेरि अन्यत्र जागिर खोज्नुपर्ने अवस्था आएकाले युवाले अग्निपथ योजनाको विरोध परेका छन् । अग्निपथ योजनामा भर्ती भएका सेनाले सरकारबाट पेन्सन समेत पाउने छैनन् ।

विरोध चर्किएपछि रक्षामन्त्री राजनाथ सिंहले छलफल शुरू गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्