२७ असार २०८३, शनिबार

स्वदेशी पूँजी पलायन र विदेशीको हात थापेर विकास हुदैन : प्रचण्ड

कात्तिक २०, २०७४
स्वदेशी पूँजी पलायन र विदेशीको हात थापेर विकास हुदैन : प्रचण्ड
काठमाडौं ६ साउन - नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वदेशी पूँजीको लागि लगानीको वातावरण नबनाइ देश विकास हुन नसक्ने बताएका छन् ।


नेपाल उद्योग परिसंघको साधारण सभालाई शुक्रवार राजधानीमा सम्वोधगर्दै अध्यक्ष प्रचण्डले स्वदेशी पूँजीको परिचाालनले मात्र मुलुक समृद्ध बन्ने बताएका हुन् ।

‘हाम्रा भित्रका पूँजीको लागी लगानीको वातावरणका बनाउन नसक्ने, विदेशीसंग हात फिजाउने गरेर विकास हुन्छ ?’ प्रचण्डले भने, ‘विदेशी सहयोगले विकास हुन्छ भन्ने चिन्तन राष्ट्रिय हित अनुकुलको चिन्तन होइन ।’

प्रचण्डले राजनीतिक इच्छाशक्ति भएमा एक दशक भित्र मुलुकमा आर्थिक समृद्धिको हासिल गर्न सकिने बताए । उनले आर्थिक विकास र समृद्धिका लागि आफ्नो पार्टीले योगदान गर्न तयार रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्