
जिल्ला समन्वय समिति इलामको प्रमुखमा एमालेका उम्मेदवार जयप्रकाश राई विजयी भएका छन् । उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार चित्रकला बराइली निर्वाचित भएकी छन्
प्रमुखमा निर्वाचित राईले नेपाली कांग्रेसका विमल वैद्यलाई हराउँदै विजयी भएका हुन् भने उपप्रमुखमा एकीकृत समाजवादीका चित्रकला बराइलीले कांग्रसकी कमला अधिकारी बराललाई हराउँदै विजयी भएकी हुन्।
सदस्यहरूमा एमालेका प्रेमराज गुरुङ, शेरबहादुर खालिङ, रामप्रसाद लिम्बू, सीता कार्की र मीनाकुमारी राई निर्वाचित भए ।