२५ जेठ २०८३, सोमबार

रूसविरूद्धको आर्थिक प्रतिबन्धको राष्ट्रपति पुटिनद्वारा चर्को आलोचना

असार ४, २०७९
रूसविरूद्धको आर्थिक प्रतिबन्धको राष्ट्रपति पुटिनद्वारा चर्को आलोचना

यूक्रेनमाथि आक्रमण सुरु गरेपछि पश्चिमा देशहरूले रुसविरुद्ध लगाएका प्रतिबन्धलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘विवेकहीन’ कदमको सङ्ज्ञा दिएका छन् । 

सेन्ट पिटर्सबर्गमा आयोजित एउटा कार्यक्रममा बोल्दै उनले अमेरिका तथा उसका सहयोगी यूरोपेली मुलुकको चर्को आलोचना गरे । ‘सेन्ट पिटर्सबर्ग इन्टरन्याश्नल इकोनमिक फोरम’ लाई शुक्रबार सम्बोधन गर्दै राष्ट्रपति पुटिनले रूसमाथिको प्रतिबन्धका कारण (यूरोपेली संघ) ईयूले ४०० अर्ब डलरभन्दा बढी घाटा बेहोर्न सक्ने दाबी गरे । 

“रुसविरुद्धको आर्थिक अभियान सुरुदेखि नै सफल हुने कुनै सम्भावना थिएन,” उनले भने । प्रतिबन्ध पत्युत्पादक भएको उनले दाबी गरे । 

पश्चिमी राष्ट्रहरूले रूसलाई दण्ड दिने र आफ्नो अर्थतन्त्र सुरक्षित राख्ने प्रयासबीच सन्तुलन कायम गर्न खोजिरहेका समय पुटिनको उक्त भनाई आएको हो ।

उक्त अबसरमा पुटिनले ईयूका २७ सदस्य राष्ट्रमा महँगी बढ्दै गएको र यूरोपमा मानिसहरूको वास्तविक चासोलाई पन्छाइएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्