२३ असार २०८३, मंगलबार

प्रधानमन्त्री कार्यालयबाट सडक निर्माणको छड्के अनुगमन

कात्तिक २०, २०७४
प्रधानमन्त्री कार्यालयबाट सडक निर्माणको छड्के अनुगमन


काठमाडौँ, ६ साउन - सरकारले काठमाडौँ उपत्यकाको सडक निर्माण कार्यको अनुगमनलाई तीव्रता दिएको छ ।Pm-office

प्रधानमन्त्री शेरबहादुर देउवाले यही साउन १ गते १५ दिनभित्र उपत्यकाका खाल्डाखुल्डी पुर्न निर्देशन दिनु भएपछि सो अनुरुप काम भए नभएको भनी अनुगमन तीव्र पारिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका सचिव चन्द्र घिमिरे, खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीम उपाध्यायलगायतको सरकारी टोलीले आजराति १० बजे चाबहिल बौद्ध सडकखण्ड निर्माणको अनुगमन गरेको छ ।

प्रधानमन्त्री कार्यालयका सचिव घिमिरेले भन्नुभयो, “सडक निर्माणका क्रममा सर्वसाधारणलाई असुविधा भएपछि प्रधानमन्त्रीको ध्यानाकर्षण भएलगत्तै हामीले दैनिकरुपमा रिपोर्टहरु लिइरहेका छौँ ।” हामी मध्यरातसम्म उपत्यकाका ठाउँठाउँमा गएर अवलोकन गरिरहेका छौँ । समयमै काम हुन्छ भन्ने हामीलाई विश्वास छ ।

चाबहिल बौद्ध सडक निर्माणको जिम्मा भारतीय कम्पनी जेआइडिएसले पाएको छ । विगत एक वर्षदेखि सो सडकखण्ड अस्तव्यस्त हुँदा धेरै नै असुविधा भएको स्थानीय सरोज श्रेष्ठले बताउनुभयो ।

salt training

कमेन्ट गर्नुहोस्