०६ साउन २०८३, बुधबार

माओवादी बैठकमा नारायणकाजीको आक्रोश : बन्दुक नबोक्दैमा क्रान्तिकारी नै नहुने हो ?

कात्तिक २०, २०७४
माओवादी बैठकमा नारायणकाजीको आक्रोश : बन्दुक नबोक्दैमा क्रान्तिकारी नै नहुने हो ?
काठमाडौं, ७ साउन - माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले आफूले ‘जनयुद्ध’ नलडेको विषय पार्टीभित्र कहिलेसम्म प्रस्टीकरण दिनुपर्ने भन्दै असन्तुष्टि जनाएको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।Narayan-kaji-Shrestha

पार्टीभित्र बन्दुक बोकेका र नबोकेका भनी पटक-पटक घोचपेच चलेकोप्रति असन्तुष्टि जनाउँदै नेता श्रेठले आफूले बन्दुक नबोकेको विषय पार्टीभित्र कहिलेसम्म जवाफ दिइरहनुपर्ने जानकारी दिन आग्रह गरे ।

माओवादी सचिवालयको जारी बैठकमा शुक्रबार धारणा व्यक्त गर्ने क्रममा वरिष्ठ नेता श्रेष्ठले कि पार्टी एकता ठीक छैन भन्नुपर्‍यो होइन भने बन्दुक बोकेको र नबोकेको भनी दुई जातिको नेता-कार्यकर्ताको व्यवहार देखाउन नहुने बताए ।

शान्तिप्रक्रियामा आएपछि एकताका नाममा बन्दुक नबोक्नेलाई पार्टीमा सहभागी गराउँदा लथालिंग हुन पुगेको टिप्पणी केही नेताले गरेपछि श्रेष्ठको आक्रोश सार्वजनिक भएको हो।

‘पार्टीभित्र दुईथरी नेता-कार्यकर्ता छौं, एउटा ‘जनयुद्ध’ थरी, अर्का जनआन्दोलन थरी। म दोस्रो थरी परें’, श्रेष्ठको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले जानकारी दिए, ‘जनयुद्ध लडेर आउनेलाई सम्मान छ तर म अर्का थरीले कहिलेसम्म आफू नथरी भएको भनी प्रस्टीकरण दिइरहनुपर्ने हो ?’


बन्दुक नबोक्दैमा क्रान्तिकारी नै नहुने हो ?
हाम्रो पार्टीमा सधैं ‘जनयुद्ध’मा सहभागी भएको भनेर थर्काउने गरिन्छ। माक्र्स, एंगेल्सले बन्दुक बोकेका थिए ? उनीहरू क्रान्तिकारी होइनन् ? बन्दुक नबोक्दैमा क्रान्तिकारी नै नहुने हो ? ’ श्रेष्ठको प्रश्न थियो।

salt training

कमेन्ट गर्नुहोस्