०६ असार २०८३, शनिबार

चीनले दियो भारतलाई फेरि कडा चेतावनी , भन्छः एक इन्च जमिन छोड्दैनौं

कात्तिक २०, २०७४
चीनले दियो भारतलाई फेरि कडा चेतावनी , भन्छः एक इन्च जमिन छोड्दैनौं
काठमाडौं, ६ साउन– चीनको सरकारी सञ्चारमाध्यमले आफ्नो देशको एक इन्च जमिन गुमाउन नसकिने भन्दै भारतसँगको सैन्य तानातानी सक्नका लागि सिक्किम सेक्टरको डोकलाम क्षेत्रमा पीपुल्स लिबरेशन आर्मी(चिनियाँ सेना) फिर्ता जाने कुनै सम्भवना नरहेको स्पस्ट पारेको छ ।

कम्युनिष्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्समा छापिएको समाचरका एक सम्पादकीयमा यस्तो कडा टिप्पणी गरिएको हो ।

समाचार पत्रले सत्तारुढ दलको विचारलाई छाप्ने गर्छ । दुई देशबीच जारी तनावका बीच पछिल्ला दिनमा चीनको सरकारी मुखपत्रले भारतको विरोधमा दैनिकजसो सामाग्रि प्रकाशन गर्दै आइरहेको छ ।

समाचारमा चिनियाँ नागरिकले आफ्नो एक इन्च जमिन गुमान नहुने भन्दै चिनियाँ सरकारलाई अनुरोध गरिरहेको भन्दै सरकारले आफ्ना नागरिकको इच्छालाई कुनै हालतमा पनि पूरा गर्ने जनाएको छ ।

पत्रिकाले भारतीय विदेशमन्त्री सुष्मा स्वराजमाथि सिक्किम सेक्टरमा भारतको कथित घुसपैठलाई जायज ठहराउनका लागि संसदमा झुटो बोलेको आरोप लगाएको छ ।

चिनियाँ पत्रिकाले चीन कुराकानीको पूर्व शर्तको रुपमा भारतीय सेना फिर्ता हुनुपर्ने अडानमा छ । यदी आफ्नो सेना फिर्ता बोलाउन उ कहिलेपनि सहमत हुने छैन यदी भारत अडानमा कायम रहेको खण्डमा भविष्यमा उसले गम्भीर रुपमा त्यसको सामना गर्नुपर्ने चेतावनी दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्