काठमाडौं, ७ साउन– यदि तपाईको फेसबुक अकान्टमा तपाईको पुरानो मोवाइल नम्बर लिंक गरिएको छ भने त्यसलाई तुरुन्त डिलिट गर्नुहोस् । यस्तो यसकारण कि यदि दूरसञ्चार कम्पनीले तपाईको पुरानो नम्बर कुनै अन्य व्यक्तिलाई दियो भने उक्त नम्बरबाट तपाईको फेसबुक अर्कै व्यक्तिले चलाउन सक्छ ।
जस्तै यदि तपाईले एनसेलनको पूरानो नम्बर तपाईले फेसबुकमा लिंक गर्नुभएको छ । तर तपाईले त्यो नम्बर नलचाएको २ वर्ष पुग्न लाग्यो भने एनसेलले उक्त नम्बरलाई तपाईको नामबाट हटाएर नयाँ नम्बरको रुपमा जारी गर्न सक्छ । त्यो नम्बर जुनसुकै व्यक्ति पनि लिन सक्छन् । त्यो नम्बर एक्टिभेट भयो भने तपाईको फेसबुकको डिटेल पनि त्यो नम्बर चलाउने व्यक्तिकहाँ पुग्ने नै भयो ।
यस्तै घटनाको साक्षी एक स्वतन्त्र प्रोग्रामर जेम्स मार्टिडेल पनि भएका छन् । उनले नयाँ नम्बर लिँदा उनको मोवाइलमा कुनै व्यक्तिको फेसबुकको डिटेल आइरहेको थियो । उनले नयाँ भनेर खरिद गरेको नम्बर पहिले कुनै अर्कै व्यक्ति चलाएको रहेछ । उनले त्यसलाई दुरुपयोग गर्ने सोच बनाएनन् र तुरुन्त त्यसको जानकारी फेसबुकलाई गराए । तर सबैजना जेम्स जस्ता त हुँदैनन् ।
फेसबुकमा लिंक भएको तपाईको पुरानो नम्बरको माध्यमबाट कुनैपनि व्यक्तिले तपाईको फेसबुक एकाउन्ट खोल्न सक्छन् । उनीहरुले त्यसको दुरुपयोग पनि गर्न सक्छन् । र जसको सिकार तपाईले हुनुपर्ने अवस्था आउन सक्छ ।
त्यसैले यहाँ उल्लेखित उपाय अपनाएर तपाईले फेसबुकबाट आफ्नो मोवाइल नम्बर हटाउन सक्नुहुन्छ ।
यसका लागि दुई तरिका छन्, पहिलो कि तपाई आफ्नो पुरानो नम्बर फेसबुकबाट डिलिट गरिदिनुहोस् । यसका लागि तपाईले फेसबुक प्रोफाइलमा भएको सेटिङ अप्सनमा गएर ‘मोबाइल’ अप्सनमा क्लिक गर्नुहोस् । त्यसपछि रीमूभमा क्लिक गरेर मोवाइल नम्बर डिलिट गर्नुसक्नु हुन्छ ।
यस्तै दोस्रो तरिका छ, ट–फेक्टर अथिन्टिकेशन एक्टिभ गर्ने । यसबाट तपाईले फोन या ट्यावलेटको माध्यमबाट फेसबुक लगइनका लागि अनुमति दिनसक्नुहुन्छ । यसको दोस्रो फेक्टर हो, यसमा तपाईले नयाँ मोवाइल नम्बर राख्न सक्नुहुन्छ । कुनै नयाँ डिभाइसबाट तपाईको फेसबुक लगइन गर्दा कोड नम्बर माग्ने छ । जो कोड तपाईको नयाँ मोवाइलमा आउने छ ।