०९ असार २०८३, मंगलबार

मतदाता नामावली संकलनमा दुई हजार चारसय बढीले फोटो खिचाए

कात्तिक २०, २०७४
मतदाता नामावली संकलनमा दुई हजार चारसय बढीले फोटो खिचाए

 

चितवन, ७ साउन । निर्वाचन आयोगले मतदाता नामावलीका लागि समय दिएपछि जिल्लामा गत एक सातामा दुई हजार ४२७ जनाले फोटो खिचाएका छन् । जसमध्ये एक हजार ३१५ जना महिला रहेका छन् भने पुरुषको संख्या एक हजार ११२ रहेको छ । 

महिलाको उत्साहजनक सहभागिता रहेको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले बताउनुभयो । जिल्ला निर्वाचन कार्यालय चितवनमा यसअघि फोटो खिच्न छुटेर मतदान गर्न नपाएका र उमेर पुगेकाले फोटो खिचाउने अवसर पाएका हुन् । 

जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख ढकालले १६ वर्ष पुगेर नागरिकता लिएकाले फोटो खिचाएर मतदाता नामावलीमा नाम लेखाउन पाउने बताउनुभयो । तर मतदान गर्न भने १८ वर्ष पूरा हुनुपर्ने प्रावधान रहेको छ । जिल्लामा हालसम्म तीन लाख १३ हजार तीनजना मतदाता रहेका छन् । जिल्लाका भरतपुरबाहेकका ६ वटा स्थानीय तहमा भने साउन १६ गतेबाट ३२ गतेसम्म फोटोसहितको नामावली दर्ता गराइने भएको छ । रासस 

salt training

कमेन्ट गर्नुहोस्