०४ असार २०८३, बिहीबार

कम्प्युटर छिटो खुल्ने बनाउन यसो गरौँ

कात्तिक २०, २०७४
कम्प्युटर छिटो खुल्ने बनाउन यसो गरौँ
कहिलेकाहीँ कम्प्युटर खुल्न धेरै समय लाग्छ । कम्प्युटर चलाउन ढिलो हुँदा कम्प्युटर चलाउन नै हैरान लाग्छ । कम्प्युटरमा राखेका विभिन्न सफ्टवेयर कम्प्युटरसँगै खुल्ने हुँदा कम्प्युटरले खुल्न समय लिन्छ । हामीले सफ्टवेयर इन्स्टल गर्दा खासै ध्यान दिँदैनौँ । जसले गर्दा कम्प्युटरको अपरेटिङ सिस्टम खुल्नासाथ क्रमैसँग सफ्टवेयर खुल्न थाल्छन् । त्यसकारण कम्प्युटरको स्विच अन गरेपछि कम्प्युटरले खुल्नका लागि समय लिन्छ । यस खालको समस्या कम गराएर छिटो कम्प्युटर खुल्ने बनाउन पनि सकिन्छ । कम्प्युटरसँगै खुल्ने सेटिङ भएका सफ्टवेयरलाई कम्प्युटरसँगै नखुल्ने बनाउन सकिन्छ । यसो गर्दा कम्प्युटर अन हुनासाथ सबै सफ्टवेयर खुल्दैनन् । र, कम्प्युटर छिटो खुल्ने हुन्छ ।com

पहिले स्र्टार्ट मेनुमा गएर त्यहाँ रहेको खोजी बक्समा रन टाइप गर्ने

त्यसपछि RUN मा क्लिक गरेपछि देखिने रन बक्समा msconfig टाइप गरेर ओके गर्ने

आफूलाई अनावश्यक सफ्टवेयरमा ठीक चिह्नलाई हटाइ दिने

ठीक चिह्न हटाउँदा आफूले चिनेका सफ्टवेयर स्काइप, भाइबर, क्रोम, एडोब एजेन्टलगायत मात्र हटाउने

पहिला युजमा आएका तर अहिले नआएका सफ्टवेयरलाई हटाउने

कम्प्युटरको ब्राउजर (इन्टरनेट एक्स्प्लोरर, फायरफक्स, क्रोम, सफारी) जहिले पनि अपडेटड गरिरहने

कम्प्युटरमा हुने टेम्पोरोरी फाइललाई हटाउने । यसले कम्प्युटरमा हुने टेम्पोरोरी फाइलले कम्प्युटरलाई भार बढाउँछ रिसाइकल बिनमा भएका फाइलहरू समय समयमा खाली गरिरहने

डेस्कटपमा हुने अनावश्यक फाइल डिलिट गर्ने

इन्टरनेटबाट डाउनलोड गर्दा आवश्यक प्रोग्राम तथा कार्यक्रम मात्र डाउनलोड गर्नुपर्छ ।

कम्प्युटरमा आवश्यक एन्टिभाइरस हुनुपर्छ । कम्प्युटर छिटो खुल्छ र समयमा काम गर्न सकिन्छ । -नयाँ पत्रिकाबाट 

salt training

कमेन्ट गर्नुहोस्