१० साउन २०८३, आइतबार

माओवादी दाङका इन्चार्ज जीवन गौतम एमालेमा

माओवादी दाङका इन्चार्ज जीवन गौतम एमालेमा

नेकपा माओवादी केन्द्र दाङ जिल्ला इन्चार्जबाट राजीनामा दिएर स्वतन्त्र बनेका जीवन गौतम नेकपा एमालेमा प्रवेश गरेका छन् । 

गौतमललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार पार्टी केन्द्रीय कार्यालय च्यासल काठमाडौंमा एमाले प्रवेश गराएका हुन् ।

एमाले दाङका सचिव मनोज बुढाथोकीले नेता गौतम एमालेमा प्रवेश गरेको जानकारी दिए । 

गौतम स्थानीय तह निर्वाचनमा टिकट नपाउने देखिएपछि माओवादीबाट राजीनामा दिएका थिए । 

२०७४ को स्थानीय तह निर्वाचनमा उनी घोराही उपमहानगरपालिकाको मेयरका उम्मेदवार थिए ।    

salt training

कमेन्ट गर्नुहोस्