०५ साउन २०८३, मंगलबार

तेस्रो पटक प्रधानमन्त्री बन्ने अवसर पाए देशलाई नयाँ युगतिर लैजाने सपना छ– प्रचण्ड

तेस्रो पटक प्रधानमन्त्री बन्ने अवसर पाए देशलाई नयाँ युगतिर लैजाने सपना छ– प्रचण्ड

सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल प्रचण्ड ‘प्रचण्ड’ले फेरि एक पटक प्रधानमन्त्री हुने चाहना व्यक्त गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले नेपाल पर्वतारोहण संघले आर्शिवाद दिएको प्रसंग उल्लेख गर्दै फेरि एक पटक प्रधानमन्त्री भएर  देशलाई नयाँ युगतिर लैजाने आफ्नो सपना रहेको बताएका हुन् ।

‘अर्को पटक देशको नेतृत्व गर्ने अवसर पाउने हो भने सम्पूर्ण रुपमा देशमा देखा परेका यी तमाम विकृतिहरुमाथि प्रहार गर्दै एउटा नयाँ युगतिर देश लैजानुपर्छ भन्ने सपना त मेरो मन भित्र छ,’ उनले भने । 

नेपाल पर्वतारोहण संघले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यो परिवर्तन ल्याउन आफूले नेतृत्वदायी भूमिका खेलेको उल्लेख गरे ।

उनले देशको नेतृत्व गर्न पाए देशका विद्यमान तमाम विकृतिहरुमाथि निर्मर प्रहार गर्दै अघि बढ्ने बताए । 

प्रचण्डले पहिलो पटक प्रधानमन्त्री सपना हो की विपना हो भन्दाभन्दै गएको र आफ्नो दोस्रो प्रधानमन्त्रीको कार्यकाल भने गर्व गर्न लायक रहेको दावी समेत गरे । 

उनले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा झिलिमिली झिलिमिलीमै समय बितेको बताए । 

उनले भने,‘पहिलो चोटी प्रधानमन्त्री हुँदा त मलाई झिलिमिली झिलीमिलीमै गयो । यो सपना हो कि विपना हो भनेर विचार गर्दैगर्दै नौं महिला बिति गो ।’

अध्यक्ष प्रचण्डले मुलुकमा देखिएको आर्थिक संकटलाई टार्नका लागि पर्यटक क्षेत्र एकमात्रै भरपर्दाे माध्याम भएको बताए । 

उनले पर्यटन क्षेत्रमा देखिएको समस्या समाधान गर्नका लागि सरकारसँग पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
 

salt training

कमेन्ट गर्नुहोस्