२१ जेठ २०८३, बिहीबार

शंखरापुर नगरपालिकाको ७औं नगरसभा सम्पन्न, शिक्षादेखि स्वास्थ्य सेवासम्म निःशुल्क

शंखरापुर नगरपालिकाको ७औं नगरसभा सम्पन्न, शिक्षादेखि स्वास्थ्य सेवासम्म निःशुल्क

काठमाडौंको शंखरापुर नगरपालिकाको सातौं नगरसभा सम्पन्न भएको छ ।

शुक्रवार साँखुमा भएको नगरसभाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १ अर्ब ४० करोड ४८ लाख २१ हजार रुपैयाँको बजेट पारित गरेको छ । 

९ वडा रहेको नगरपालिकाका वडावासीका लागि निःशुल्क शिक्षादेखि स्वास्थ्यसम्मका कार्यक्रम स्वीकृत भएका छन् । नगर सभाले ६० वर्ष माथिका ज्येष्ठ नागरिक तथा गर्भवती महिलाका लागि निःशुल्क एम्बुलेन्स सुविधा दिने नीति पनि पारित गरेको छ ।

शवबाहन सेवा पनि निःशुल्क गर्ने नीति पारित गरिएको शंखरापुर नगरपालिकाका प्रवक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्