
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा लेखा तथा प्रशासन तालिम शुक्रवारदेखि त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा शुरू भएको छ ।
तालिममा केन्द्र, प्रदेश र जिल्लाका १०० कर्मचारी सहभागी छन् । सहभागीलाई डा. दामोदर रेग्मी, सुरेश प्रधान, शंकर पन्थी, भेषराज भुर्तेल, चन्द्रप्रसाद भुसाल, नन्दकिशोर शर्मा र पासाङ फिन्जी शेर्पाले प्रशिक्षण दिने छन् ।
तालिमको राखेपका सदस्य सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे । तालिम आइतवार सम्पन्न हुनेछ ।