१२ असार २०८३, शुक्रबार

सांसद कड्किँदा डाक्टर मुखामुख

कात्तिक २०, २०७४
सांसद कड्किँदा डाक्टर मुखामुख


काठमाडौंँ, ८ साउन- “बल्लतल्ल चिकित्सा शिक्षा अध्ययन गरेर लोकसेवामा नाम निकाल्ने, सरकारी जागिर भइसकेपछि आफ्नो क्लिनिक खोल्ने अनि क्लिनिक कसरी राम्रो बनाउने र कमाउनेतर्फ लाग्ने रु आफूतिर नहेरी अर्कातिर मात्र आँैला उठाउन मिल्छ ?”doctor
शनिबार स्वयम्भूस्थित मनमोहन मेडिकल कलेज तथा शिक्षण अस्पतालमा चिकित्सकहरूको संस्था ‘फिजिसियन फर सोसियल रेस्पोन्सबिलिटी’ नेपालले आयोजना गरेको ‘स्वास्थ्यमा लगानी : सामाजिक न्याय र समानता’ विषयक अन्तरक्रिया कार्यक्रममा संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिकी सभापति रञ्जुकुमारी झा डाक्टरहरूमाथि यसरी खनिइन्, गोरखापत्रमा खबर छ  ।
उनले थपिन् , “सरकारी अस्पताललगायत सरकारी स्वास्थ्य संस्था धराशयी बन्नुमा डाक्टरहरूको ठूलो हात छ । सरकारी मात्र होइन, डाक्टरहरू डिग्री पास गरिसकेपछि जुनसुकै चिकित्सकको ध्यान पैसा कमाउन र क्लिनिक कसरी बनाउने, बिरामी कसरी तान्नेतर्फमा मात्र केन्द्रित रहन्छ । ”
त्यसपछि डाक्टरहरू नै एकआपसमा मुखामुख गर्न थालेका थिए । सायद चिकित्सकहरूले बोल्ने क्रममा राजनीतिक दल तथा ६०१ जना सांसदको उछितो नकाढेको भए झा यसरी चिकित्सकहरूमाथि आक्रोशित भएर खनिन्नथिन् होला । कार्यक्रममा अधिकांश चिकित्सकले ६०१ जना सांसदलगायत नेता तथा राजनीतिज्ञकै कारण देश आर्थिक विकास तथा समृद्धिमा जान नसकेको आरोप लगाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्