
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रस्तोता हुने भनिएको ‘द लिडर’ कार्यक्रमका लागि फारम भरेकाले तिरेको पैसा फिर्ता दिइने भएको हो । यसबारे प्रश्न उठेपछि ‘द लिडर’ले एक सूचना जारी गर्दै रवि लामिछाने स्वयम् राजनीतिमा प्रवेश गरिसकेकाले कार्यक्रम गर्ने नगर्ने निर्णय भइनसकेको स्पष्ट गरिएको छ । यसप्रति आकांक्षीहरुका पर्न गएको असुविधाप्रति आयोजकले क्षमायाचना मागेको छ।
कार्यक्रमका रजिस्टर गरेका ११९२ जना मध्ये ८८३ जनाले ब्याज सहित रकम फिर्ता पाएको आयोजकको भनाइ छ। अब पैसा लिन ३०९ जना मात्र बाँकी रहेको फिर्ता लिनका लागि सम्पर्क गर्न आग्रह गरिएको छ ।
पटकपटक सार्वजनिक सूचना जारी गर्दा गर्दै पनि फिर्ता लगिनसकेकालाई तत्काल सम्पर्क गर्न आयोजकले सूचनामार्फत अनुरोध गरेको छ।
