२५ असार २०८३, बिहीबार

आजीवन काराबासको सजायमा संशोधन गर्दै योगी सरकार, अब छिट्टै रिहाइ हुने

असार ११, २०७९
आजीवन काराबासको सजायमा संशोधन गर्दै योगी सरकार, अब छिट्टै रिहाइ हुने
फाइल फोटो

भारतको उत्तर प्रदेशमा मुख्यमन्त्री योगी आदित्यनाथको सरकारले आजीवन काराबासको सजाय संशोधन गर्ने भएको छ ।

हालको कानूनअनुसार चालचलन ठीक भएका कैदीलाई २० वर्ष कैद भोगेको र ६० वर्ष उमेर पुगेको अवस्थामा रिहा गर्ने गरिएको छ । जसले गर्दा कम उमेरमै जेल परेका कैदीले रिहा हुन ६० वर्ष उमेर हुँदासम्म पर्खिनुपर्ने अवस्था छ ।

अब योगी सरकारले ६० वर्षे उमेर सम्बन्धी प्रावधानलाई हटाउने भएको छ । २० वर्ष कैद भोगेका र चालचलन ठीक भएका व्यक्तिलाई कम उमेरमै पनि रिहा गर्ने गरी प्रबन्ध गर्न लागिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उदाहरणका लागि २५ वर्षको उमेरमा आजीवन काराबासको सजाय भएका व्यक्तिले ४५ वर्ष पुग्दासम्म २० वर्षे सजाय पूरा गर्छन् तर उनले रिहा हुन ६० वर्ष पर्खिनुपर्ने थियो । कानून संशोधन भएपछि ती व्यक्ति अबदेखि ४५ वर्षमै रिहा हुन पाउनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्