×

NMB BANK
NIC ASIA

प्रधानमन्त्री दिएर ओलीले पार्टी जोगाउन चाहेका थिए, प्रचण्डले आरोप फिर्ता लिन मानेनन् : बामदेव गौतम

असार ११, २०७९

NTC
Premier Steels

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले तत्कालीन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता जोगाउनका लागि प्रधानमन्त्री पद छाड्न तयार भएको खुलासा गरेका छन् ।

Muktinath Bank

शनिवार ललितपुरको धोबिघाटमा आयोजित नेकपा एकता राष्ट्रिय अभियानको दोस्रो भेलालाई सम्बोधन गर्दै उनले तत्कालीन अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीलाई आरोपित गरेर लेखेको २० पृष्ठको आरोपपत्र फिर्ता लिन तयार नभएको कारण पार्टी एकता जोगिन नसकेको गौमतले बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपा भित्रको विवादबारे २ नेताहरूबीच भइरहेको छलफलमा आफू पुगेको र त्यहाँ ओलीले पार्टी एकता जोगाउनेका लागि आफूले एक पद छाड्न तयार रहेको भनेको गौतमले बताए ।


Advertisment
Nabil box
Kumari

गौतमका अनुसार ओलीले त्यसले आफूले भनेको व्यक्तिलाई प्रधानमन्त्री बनाउनुपर्ने र उनकै नेतृत्वमा चुनावमा जानुपर्ने प्रस्ताव गरेको थिए । त्यससँगै आफूलाई लगाइएको आरोप फिर्ता लिनुपर्ने शर्त पनि राखेका थिए । 

Vianet communication

‘२ अध्यक्षबीच भएको बैठकमा म पनि पुगेको थिएँ । त्यहाँ अध्यक्ष ओलीले म पार्टी एकता जोगाउन आएको छु । यसका लागि जे पनि गर्न तयार छु भन्नुभयो । म एउटा पद छाड्न तयार छु तर मैले भनेको व्यक्तिलाई प्रधानमन्त्री बनाउन तयार छु । जो व्यक्ति हो उहाँलाई जिताएर राष्ट्रिय सभामा लैजाऔं र उहाँलाई प्रधानमन्त्रीको उम्मेदवार बनाऔं । आज नै सचिवालय बैठक बोलाऔं र पत्रकार सम्मेलन गरेर यसको जानकारी दिऔं,’ ओलीको भनाई उदृत गर्दै गौतमले भने ।

ओलीको यो प्रस्तावमा नेताहरूबीच खासै छलफल नभएको र त्यसका लागि दुवै नेता सहमत भएका उनले बताए । 

गौतमले भने, ‘पहिलो विषयमा नेताहरूबीच धेरै छलफल भएन । उहाँहरू दुवै यसका लागि सहमत देखिनुभयो तर प्रचण्डले आरोपहरू फिर्ता लिन सक्दिनँ भन्नुभयो । उहाँले आरोपहरू फिर्ता लिनुभएको भए सायद पार्टी एकता जोगिन्थ्यो होला ।’

गौतमले नेकपा एकताको लागि आगामी १ वर्ष मेहनत गर्ने बताएका छन् । त्यसका लागि तत्काल काम शुरू गर्ने र १ वर्षमा पार्टी एकता गराउने लक्ष्य राख्ने बताए ।
 
गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानको राष्ट्रिय भेला ललितपुरको धोबिघाटमा जारी छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x