२६ जेठ २०८३, मंगलबार

चीनको ग्वाङ्सीमा भारी वर्षा, बाढीबाट करिब ३८ हजारभन्दा बढी प्रभावित

असार ११, २०७९
चीनको ग्वाङ्सीमा भारी वर्षा, बाढीबाट करिब ३८ हजारभन्दा बढी प्रभावित

दक्षिण चीनको ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रमा मुसलधारे बर्षासँगै आएको बाढीका कारण ३७ लाख ५० हजारभन्दा बढी बासिन्दा प्रभावित भएको स्थानीय अधिकारीहरुले शनिबार जनाएका छन् ।

ग्वाङ्सीले यस वर्षको बर्षा ऋतुमा छ पटक भारी वर्षाको अनुभव गरेको छ । यहाँ औसत वर्षा ४९०.८ मिलिमिटरमा रेकर्ड गरिएको छ । यो अघिल्लो वर्षको सोही अवधिमा रेकर्डभन्दा १.६ गुणा बढी हो ।

यस क्षेत्रको बाढी नियन्त्रण तथा राहत कार्यक्रममा गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, बाढी पहिरो र वर्षाका कारण आएको विपत्तिले तीन हजार ४३६ घरहरू डुबानमा परेको र एक लाख ५९ हजार ३०० हेक्टर कृषियोग्य जमिनको क्षेत्रफलमा क्षति पुगेको छ ।

प्रत्यक्ष आर्थिक नोक्सानी १२.४८ अर्ब युआन (लगभग १.८६ अर्ब अमेरिकी डलर) भन्दा बढी भइसकेको छ । यस क्षेत्रको बाढी नियन्त्रण राहतको केन्द्रीय कार्यालयका एक अधिकारीका अनुसार ग्वाङ्सीमा यस बर्ष अझै धेरै भारी वर्षा र आँधी आउनसक्ने पूर्वानुमान गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्