३० असार २०८३, मंगलबार

खेलबाट दलहरुले स्वच्छ राजनीतिक प्रतिस्पर्धा सिक्नुपर्छ : पौडेल

खेलबाट दलहरुले स्वच्छ राजनीतिक प्रतिस्पर्धा सिक्नुपर्छ : पौडेल

 पूर्व उपप्रधान मन्त्री एवं एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेलले खेल प्रतिस्पर्धाबाट दलहरुले स्वच्छ राजनीतिक प्रतिस्पर्धा सिक्नुपर्ने बताएका छन्  । मदन भण्डारी स्पोर्टस एकेडेमीको छात्राछात्रा भलिबल प्रतियोगिताको शनिबार बुटवलमा उद्घाटन गर्दै उनले राजनीतिमा देखिएको स्वार्थ र अस्वस्थ प्रतिस्पर्धा हटाउन खेलका विधि र तरिकाहरूलाई जस्तै स्वच्छ विधि अवलम्बन गर्नुपर्ने बताए । यसका लागि युवाहरु र अन्य क्षेत्रबाट समाजमा भूमिका खेलेका व्यक्तिहरुको पनि ठूलो सहयोग चाहिने उनले बताए ।  

खेल स्वास्थ्य, अनुसाशन, मनोरञ्जन र प्रतिश्पर्धात्मक ज्ञानका लागि आवश्यक रहेको बताउदै उनले सबैका लागि खेल गतिविधि गरिनु पर्ने बताए । एमाले सरकारले खेलको विकासका लागि प्रदेश स्तरीय खेलमैदान , एक पालिका एक खेलमैदान कार्यक्रम र खेल पूर्वाधारको स्तरोन्नति गरेको उनले सम्झिए  । 

पौडेलले बुटवलमा अन्तराष्ट्रिय स्तरको खेलकुद कम्प्लेक्सको माग भएको बताउदै त्यसको निर्माणका लागि आफूले अगुवाइ गर्ने बताए । ‘खेल मैदान, खेल पूर्वाधार अभावमा खेलाडीहरूले गतिविधि गर्न नपाउने अवस्था हुनु हुँदैन । ’उनले भने  । प्रतिस्पर्धाका आधारमा समाजमा श्रेष्ठता हासिल गर्नुपर्छ भन्ने मदनको विचारबाट प्रभावित मदन भण्डारी एकेडमीले खेल गतिविधि गर्न देश युवाहरुको भूमिका महत्वपूर्ण हुने बताए । 
 । 
कार्यक्रमका अध्यक्ष ध्रुव आचार्यले ७१ औं मदन जयन्तीका अवसरमा भएका प्रतियोगिता र खेल गतिविधिबारे जानकारी दिए  । 

सबैका लागि खेल भन्ने नारासहित मदन भण्डारी स्पोर्टस एकेडमीले संचालन गरेको उच्चमावि स्तरीय भलिबल प्रतियोगिता बुटवलको सिद्धेश्वरी लालकुमारी माविको खेलमैदानमा हुनेछ ।


 

salt training

कमेन्ट गर्नुहोस्