×

NMB BANK
NIC ASIA

तनहुँका स्थानीय तहद्वारा सात अर्ब ९१ करोडको बजेट प्रस्तुत

असार १२, २०७९

NTC
Premier Steels

तनहुँका स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि करिब रु आठ अर्ब बराबरको अनुमानित बजेट प्रस्तुत गरेका छन् । जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि रु सात अर्ब ९१ करोड ८७ लाख ७३ हजार १८५ को अनुमानित बजेट प्रस्तुत गरेका हुन् । सबैभन्दा बढी व्यास नगरपालिकाले र सबैभन्दा कम घिरिङ गाउँपालिकाले बजेट प्रस्तुत गरेका छन् ।

Muktinath Bank

व्यास नगरपालिकाले रु एक अर्ब ६५ करोड ५४ लाख ५१ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । विनियोजित बजेटमध्ये चालुतर्फ रु ८६ करोड ५५ लाख छ हजार र पूँजीगततर्फ रु ७८ करोड ९९ लाख ४५ हजार अनुमान गरिएको उपप्रमुख इन्दिरा दरैले बताइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आर्थिक विकासतर्फ रु चार करोड ९० लाख ३० हजार, सामाजिक विकासतर्फ रु ६८ करोड २९ लाख ८५ हजार, पूर्वाधार विकासतर्फ रु ४५ करोड ५८ लाख ७५ हजार, वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु छ करोड ११ लाख ७५ हजार, संस्थागत विकास सेवा प्रवाह र सुशासनतर्फ रु ४० करोड ६३ लाख ८६ हजार विनियोजन गरिएको छ । 


Advertisment
Nabil box
Kumari

उक्त बजेटमध्ये सङ्घ सरकारबाट सशर्त अनुदानवापत ५८ करोड ९८ लाख, आन्तरिक स्रोतको आयबाट रु २२ करोड ६० लाख, सङ्घ सरकारको वित्तीय समानीकरण अनुदान रु २० करोड ६९ लाख, सङ्घ सरकारको राजश्व बाँडफाँटबाट रु १५ करोड ७२ लाख ९९ हजार, नगर विकास कोष ऋणबाट रु ११ करोड, सञ्चित कोष अल्याबाट रु १० करोड, राजस्व बाँडफाँटअन्तर्गत मालपोत रजिष्ट्रेशनबाट रु १० करोड आय अनुमान गरिएको छ । 

Vianet communication

सङ्घ विशेष अनुदानबाट रु चार करोड, प्रदेश वित्तीय समानीकरण अनुदान रु दुई करोड ५९ लाख ८१ हजार, प्रदेश सरकारको राजस्व बाँडफाँटबाट रु दुई करोड नौ लाख ७१ हजार, सङ्घ समपूरक अनुदान रु दुई करोड १० लाख, प्रदेशको विशेष अनुदान रु एक करोड, सशर्त अनुदान रु एक करोड, समपूरक अनुदान रु एक करोड, प्रदेशको नवप्रवर्तनीय साझेदारी कोष अनुदान रु एक करोड, सङ्घ सरकारको सडक बोर्ड नेपालबाट रु एक करोड, जनसहभागिता नगदबाट रु ६० लाख र मूल्य शृङ्खला कार्यक्रम अनुदान रु १५ लाख हुने अनुमान गरिएको छ । 

भानु नगरपालिकाले रु ८९ करोड ६८ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । उक्त बजेटमध्ये सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान रु १५ करोड ६५ लाख, सशर्त चालु अनुदान रु ३७ करोड आठ लाख, सशर्त पूँजीगत रु एक करोड ३९ लाख, विशेष अनुदान रु एक करोड ५० लाख, समपूरक अनुदान रु दुई करोड २० लाख, सङ्घीय राजस्व बाँडफाँटबाट रु १२ करोड ५७ लाख ६३ हजार आम्दानी हुने अनुमान गरिएको उपप्रमुख उमा गोतामेले बताइन् । 

प्रदेश सरकारबाट वित्तीय हस्तान्तरणअन्तर्गत समानीकरण अनुदान रु एक करोड ८८ लाख, राजस्व बाँडफाँटबाट रु एक करोड २२ लाख १५ हजार, प्रदेश समपूरक रु एक करोड प्राप्त हुने नगरपालिकाको अनुमान छ । 

शुक्लागण्डकी नगरपालिकाले रु एक अर्ब २२ करोड १६ लाख ३१ हजार ८२० को अनुमानित बजेट प्रस्तुत गरेको छ । त्यसमध्ये समानीकरण अनुदान सङ्घबाट रु १६ करोड ३१ लख, राजस्व बाँडफाँट सङ्घबाट रु १२ करोड ९८ लाख ९० हजार, सशर्त अनुदान रु ४१ करोड नौ लाख, समानीकरण अनुदान प्रदेशबाट रु एक करोड ९९ लाख ८८ हजार, राजस्व बाँडफाँट प्रदेशबाट रु एक करोड ६४ लाख ६३ हजार, प्रदेश समपूरक अनुदानबाट रु ७० लाख, आन्तरिक आयबाट रु १५ करोड ८२ लाख ५० हजार, सामाजिक सुरक्षा भत्ता अन्तरसरकारी अख्तियारीबाट रु २५ करोड, गरिबसँग विशेश्वर कार्यक्रम अन्तरसरकारी अख्तियारीबाट रु छ लाख, घरजग्गा रजिष्ट्रेशन शुल्कबाट रु दुई करोड ९४ लाख ४० हजार ८२०, जनसहभागिताबाट रु तीन करोड आय हुने अनुमान गरिएको उपप्रमुख खुमबहादुर विकले बताए।  

व्ययतर्फ विषयगततर्फ रु २४ करोड ९५ लाख ३१ हजार ८२०, सशर्त अनुदानतर्फ रु ४१ करोड नौ लाख, प्रदेश समपूरकतर्फ रु ७० लाख, वडागत सिलिङ रु नौ करोड ७६ लाख, सडक बोर्डतर्फ रु ६० लाख, गरिबसँग विशेश्वरतर्फ रु छ लाख, चालु खर्चतर्फ रु १७ करोड, सामाजिक सुरक्षातर्फ रु २५ करोड, जनसहभागितातर्फ रु तीन करोड हुने अनुमान गरिएको छ । 

भिमाद नगरपालिकाले रु ६७ करोडको अनुमानित बजेट प्रस्तुत गरेको छ । देवघाट गाउँपालिकाले रु ५२ करोड छ लाख ६४ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । त्यसमध्ये चालुतर्फ रु ३३ करोड ४० लाख तीन हजार र पूँजीगततर्फ रु १८ करोड ६६ लाख ६१ हजार विनियोजन गरिएको उपप्रमुख भुवनसिं गुरुङले बताए । 

आँबुखैरेनी गाउँपालिकाले रु ६० करोड ५३ लाख ३३ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । कूल विनियोजितमध्ये चालुतर्फ रु ३४ करोड ४४ लाख र पूँजीगततर्फ रु २६ करोड २६ लाख विनियोजन गरिएको उपप्रमुख दुर्गा अर्यालले बताउनुभयो । आर्थिक विकासतर्फ रु आठ करोड ९० लाख, सामाजिक विकासतर्फ रु १९ करोड १९ लाख, पूर्वाधारतर्फ रु १८ करोड ३६ लाख, वन वातावरणतर्फ रु एक करोड ३६ लाख, सुशासनतर्फ रु दुई करोड ३२ लाख विनियोजन गरिएको छ । 

आयतर्फ सङ्घीय सरकार सशर्त अनुदानबाट रु १६ करोड १३ लाख, वित्तीय समानीकरणबाट रु १० करोड ५३ लाख, विशेष अनुदानबाट रु एक करोड ७० लाख, राजस्व बाडँफाँटबाट रु आठ करोड, प्रदेश सरकार अनुदानबाट रु एक करोड १६ लाख, सशर्त अनुदानबाट रु ४० लाख हुने अनुमान गरिएको छ । 

बन्दीपुर गाउँपालिकाले रु ६२ करोड ६२ लाख ९२ हजारको बजेट प्रस्तुत गरेको छ । त्यसमध्ये चालुतर्फ रु ४२ करोड ४९ लाख र पूँजीगततर्फ रु २० करोड १३ लाख ९२ हजार विनियोजन गरिएको उपाध्यक्ष पञ्चमाया गुरुङले बताइन् । 

म्याग्दे गाउँपालिकाले रु ७३ करोड २६ लाख ९५ हजार ३६५ को अनुमानित बजेट प्रस्तुत गरेको छ । त्यसमध्ये पूँजीगततर्फ रु १५ करोड ९२ लाख २९ हजार ६७५ र चालुतर्फतर्फ रु ५७ लाख ३९ हजार ६९० गरी रु १६ करोड ४९ लाख ६९ हजार ३६५ विनियोजन गरिएको उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए । 

घिरिङ गाउँपालिकाले रु ४९ करोड ६६ लाख ८९ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । त्यसमध्ये चालुतर्फ रु २६ करोड ९१ लाख ३४ हजार र पूँजीगततर्फ रु २३ करोड २६ लाख विनियोजन गरिएको उपाध्यक्ष राधादेवी अधिकारीले बताइन्। ऋषिङ गाउँपालिकाले रु ४९ करोड ९९ लाख ४९ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x