×

NMB BANK
NIC ASIA

'एस्ट्रोपड' डेटिङ एप- मेड इन स्टार्स सार्वजनिक

असार १२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकामा आधारित नेपाली प्रविधि कम्पनी एस्ट्रो वेद प्रालिले नेपालमा पहिलो पटक डेटिङ एप एस्ट्रोपड सार्वजनिक गरेको छ।

Sagarmatha Cement
Muktinath Bank

नेपालमा भरपर्दो डेटिङ एपको उपस्थिति नभएको अवस्थामा प्रयोगकर्तालाई आफ्नो मन मिल्ने जोडी खोज्न सहयोग पुर्याउने हिसाबले आज आषाढ १० गते शुक्रबार कम्पनीले लाजिम्पाटको र्याडिसन होटलमा एप सार्वजनिक गरेको हो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एस्ट्रो पडको नारा "मेड इन स्टार्स" राखिएको छ।


Advertisment
Nabil box
Kumari

उक्त एप डेभलप गर्ने प्रेरणाका बारेमा एस्ट्रो वेद प्रालिका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत परिवेश कोइरालाले आफू विश्वको सानो हिस्सा भएका कारण विश्वका लागि केही बनाउने प्रवेशद्वारका रुपमा रहेकाले एप डेभलपमेन्टमा विशेषज्ञतासहितको सफ्टवेयर कम्पनी शुरु हाम्रो लक्ष्यका साथ शुरु गरेको बताए।

Vianet communication
Laxmi Bank

"सोही अनुभवलाई नेपालमा पनि बाँड्नका लागि हामीले डेटिङ्ग एप एस्ट्रोपड सार्वजनिक गरेका हौं। यो अन्य सामान्य डेटिङ एप भन्दा फरक छ," प्रमुख कार्यकारी अधिकृत कोइरालाले भने, 'यसमा नेपाली युवाहरूले वैदिक ज्योतिष शास्त्रका आधारमा आफूलाई मिल्ने जोडि वा साथीहरू छनोट गर्न सक्ने सुबिधा छ र त्यसै आधारमा उनीहरूले कम्प्याटिबिलिटी टेस्ट गरेर जाँच गर्न सकिने सुबिधा रहेको छ।"

कोइरालाले रिकेश र विवेक नामका साथीहरूसँग मिलेर एउटा सफ्टवेयर कम्पनी शुरु गरे, आफ्नो एपमार्फत् विश्वभर नै ज्योतिष विज्ञानसम्बन्धी सेवा दिनका लागि बनेको परियोजनामा गुरु समुन्द्र नामका अर्का सहकर्मी जोडिएपछि यो ४० जनालाई रोजगारी दिने कम्पनीमा परिणत भयो र यसले हाल विश्वभरमा १० लाखभन्दा बढी प्रयोगकर्तालाई सेवा प्रदान गर्दै आइरहेको छ।

एस्ट्रो वेद मानिसको जीवन सहज बनाउँदै उनीहरूलाई खुशी जीवन बाँच्न सल्लाह दिने उद्देश्यले ज्योतिषीय सेवा प्रदान गर्ने नेपालमा रहेको कम्पनी हो।

१० लाखभन्दा बढी मानिसहरूलाई सेवा प्रदान गरिसकेको अनुभवका आधारमा अधिकांश मानिस आफ्नाबारेमा र आफ्ना सहयात्रीहरूसँगको सम्बन्धका बारेमा थाहा नपाएर दुखी हुने गरेको पाइएको छ। यो अन्तरंग जानकारीले यो टोलीलाई एस्ट्रोपड डेटिङ - मेड इन स्टार्स नामक एप निर्माण गरेर उक्त समस्या समाधान गर्ने निस्कर्षमा पुर्यायो।

सबै मानिसलाई आफ्ना जीवनमा आवश्यक खुशी तथा आबद्धता प्रदान गर्ने (कम्पनीको मौलिक उद्देश्य आईएम बनाउनु थियो) यो मोबाइल एप्लिकेशन कोइरालाको टोलीले शुरूआती दिनदेखि नै बनाउने सपना देखेका थिए।

त्यसमार्फत् उनीहरू प्रविधि र आइडियाबाट मात्र नभई ज्योतिष विज्ञानका माध्यमबाट यो सेवा प्रदान गर्न सफल भएका हुन्।

ग्रह-नक्षत्रले हाम्रा जीवन तथा हामीले अनुसरण गर्ने मार्गलाई निकै प्रभाव पार्छन् भन्ने कम्पनीको विश्वास छ। यस्ता प्रभावलाई शुरुमै थाहा पाउन सक्नु ठूलो उपलब्धि र सम्पत्ति पनि हो। त्यसैले कम्पनीको उद्देश्य अंग्रेजी शब्दावली लभ इज नट इन द एयर रहेको हो। यसको तिर्यक मतलब भने वास्तवमा ‘द लभ इज इन द स्टार्स’ हो।  

एस्ट्रोपड म्याच केका लागि?

चर्चित डेटिङ एपहरूले मानिसहरूलाई सामान्यतया राम्रा फोटोका साथमा आफ्ना विवरण राखेर आफ्ना विशेषता, व्यवहार, जीवनशैली तथा संवेदनशील पक्षलाई बढी उजागर गर्न प्रेरित गर्छन्।

यस्तै अन्य डेटिङ एपले प्रयोगकर्तालाई आफू सुहाउँदो जोडी भेट्नका लागि अझै पुराना पट्यारलाग्दा फर्म भराउने अल्गोरिदमलाई पछ्याइरहेका छन्।

यी डेटिङ एपहरूले प्रत्येक व्यक्तिलाई एक सेट प्रश्नमार्फत पहिचान र वर्गीकरण गर्छन् तर सही जोडी भेट्नका लागि व्यक्तिको वास्तविक प्रवृत्ति तथा संवेदनशील पक्षलाई भने उजागर गर्न सक्दैनन्।

यी दुवै अवस्थामा जोडी खोज्न चाहनेले अनलाइनमा भएको उक्त व्यक्ति आफ्ना लागि सही छ या छैन भन्ने थाहा पाउन थुप्रै पटक हिट एन्ड ट्रायल अर्थात् परीक्षणका लागि गरिने कुराकानी तथा भेटघाटमा भर पर्नुपर्ने हुन्छ।

एस्ट्रोपडले वेदहरूमा भएका जोडी बनाउने पौराणिक ज्ञानलाई हालको तीव्रगतिमा चलिरहेको अत्याधुनिक डेटिङ प्लेटफर्ममा उपलब्ध गराएको छ।

यसले प्रयोगकर्तालाई कुनै पनि व्यक्ति आफ्ना लागि सही जोडी हो वा होइन भन्ने थाहा पाउन सम्बन्धका लागि आवश्यक मुख्य ७ ओटा पक्षलाई परीक्षण तथा हिसाबकिताब गर्न मद्दत गर्छ।

यो स्थानका आधारमा काम गर्ने डेटिङ एप हो जसले प्रयोगकर्तालाई दायाँतर्फ स्वाइप गर्नुअघि ज्योतिष विज्ञानका हिसाबले मिल्दो छ वा छैन भन्ने परीक्षण गर्न सघाउँछ। यो एपमा दायाँतर्फ स्वाइप गर्नुको मतलब कुनै पनि प्रयोगकर्ताले उक्त व्यक्तिप्रति चासो देखाएको छ भन्ने बुझाउँछ।

यो एप नेपालमा डाउनलोड गर्नका लागि गुगलको प्ले स्टोर तथा एप्पलको एप स्टोर दुबैमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १७, २०८०

अटोमोटिभ इनोभेसनमा विश्वकै अग्रणी ब्राण्ड फोटोनले ‘हाई रुफ ईभी भ्यान’ नेपालमा सार्वजनिक गरेको छ ।​ फोटोनको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्शियल भेहिकलले सोमवार एक कार्यक्रम आयोजना गर्दै उक्त...

कात्तिक २५, २०८०

नेपालको पहिलो र सबैभन्दा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले आफ्नो सेवा प्रदान गरेको १३औं वर्ष पूरा गरेको छ । आजसम्म आइपुग्दा फूडमान्डुको लोकप्रियता दिनानुदिन बढिरहेको छ र अनलाइन फूड अर्डर गर्न चाहने जो ...

मंसिर १८, २०८०

अपाङ्गता भएका व्यक्तिहरूको ३२औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपाङ्ग कोषले सम्मान गरेको छ । उक्त सम्मान शहरी विकासमन्त्री सीता गुरुङले आइतवार हस्तान्तरण गरेकी हुन् । गत ...

कात्तिक २६, २०८०

प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा आइतबार देखिएका नेपाली फूल बिक्रेता निराश देखिन्थे । तिहारमा पनि फूलको व्यापार सोचेजस्तो नभएपछि उनीहरू निराश भएका हुन् । फूल बिक्री नभएपछि व्यापारीहरू ग्राहकको पर्खाइमा हात&n...

पुस ७, २०८०

इस्पी सम्बत्को नयाँ वर्ष सन् २०२४ को अवसरमा नेपालको प्रमुख पर्यटकीय नगरी पोखरामा २५ औँ ‘पोखरा स्ट्रिट फेस्टिभल’ हुने भएको छ । रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान)को आयोजना र एडसाथीको व्यवस्थ...

माघ ६, २०८०

​बीवाईडीको अधिकृत वितरक साइमेक्स इंक प्रालिले प्रतिक्षित गाडी बीवाईडी सील नेपाल भित्र्याएको छ।​ विद्युतीय साधनको बजारमा क्रान्ति ल्याउने दाबीसहित कम्पनीले सुविधा, प्रविधि र पर्फर्मेन्सको प्रतीकका साथ बीवाईडी सी...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x