
केही दिनदेखिको लगातारको वर्षाका कारण पोखरा महानगरपालिका वडा नम्बर ४ मा सडकसहित एक घर भासिएको छ ।
फिर्केखोला नजिकैको बुढानीलकण्ठ किरियाकर्म अगाडिको बाटो करिब १५ मिटर भासिएको हो ।
भासिएको सडकको महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङसहितको टोलीले निरीक्षण गरेको छ ।