२८ जेठ २०८३, बिहीबार

रविभवनमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

रविभवनमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

काठमाडौंको रविभवनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बा०२-०३०प ६३६२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मकवानपुरको थाहा नगरपालिकाका राजु दुतराजको मृत्यु भएको हो ।

दुतराजले चलाएको मोटरसाइकल अनियन्त्रित भएर दुई वटा बसमा ठोक्किएको प्रहरीले जनाएको छ । 

अनुसन्धानका लागि दुई वटै बसका चालकलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्