
साताको पहिलो दिन आइतवार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
यस दिन छापावाल सुन प्रति तोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन यस्तो सुन प्रति तोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदी प्रति तोला १ हजार २४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २४० रुपैयाँमा कारोबार भएको थियो ।