![घट्यो सार्वजनिक यातायातको भाडादर, कहाँ जान कति लाग्छ ? [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/5ef68bf78a352_Naya-Buspark_9ixUVGQGb3.jpg)
पेट्रोलियम पदार्थको मूल्य घटाइएसँगै सार्वजनिक यातायातको भाडादर पनि घटाइएको छ ।
आइतवार यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने यात्रीवाहक र मालवाहक सवारीसाधनको भाडादर घटाएको हो ।
यात्रीवाहक सवारीमा ५.४१, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९७ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ७.६८ प्रतिशतले भाडा घटाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।
हेर्नुहोस् कहाँ जान कति लाग्छ भाडा ?