२३ असार २०८३, मंगलबार

पर्यटनमन्त्री आलेले बुझाए राजीनामा

पर्यटनमन्त्री आलेले बुझाए राजीनामा

पर्यटनमन्त्री प्रेम आलेले मन्त्री पदबाट राजीनामा दिएका छन् । आइतवार बिहान नेकपा (एस) अध्यक्ष माधव नेपालको निवास कोटेश्वर पुगेर आलेले राजीनामा बुझाएको नेकपा एसका एक पदाधिकारीले लोकान्तरलाई जानकारी दिए ।

यसअघि शुक्रवारको पोलिटब्युरो बैठकमा आलेले ४८ घण्टाभित्र निकास दिने बताएका थिए ।​ सोहीबमोजिम उनले अध्यक्ष नेपाललाई राजीनामा बुझाएका हुन् । 

आइतवार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले केही मन्त्रीको राजीनामा आफ्नो हातमा रहेको बताएका थिए । मन्त्रीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय कार्यान्वयन नहुँदा नेकपा एसमा विवाद चुलिएको छ ।

यसअघि असार १० गते मन्त्री फेरबदलमा असन्तुष्टि जनाउँदै चार मन्त्रीसहित नेकपा एसका १० सांसदले संसदीय दलको बैठक माग गर्दै अध्यक्ष नेपालसमक्ष लिखित निवेदन दिएका थिए । 

त्यसमध्ये आलेसहित ६ सांसदले हस्ताक्षर फिर्ता लिएका थिए । सांसदहरू पर्यटनमन्त्री प्रेम आले, कृष्णलाल महर्जन, गोपालबहादुर बम, वीनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढाले पनि हस्ताक्षर फिर्ता गरेका थिए । 

यस्तै स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले भने राजीनामा दिएका छैनन् । 

नेकपा (एस)ले जेठ २२ गते मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्