०६ असार २०८३, शनिबार

'सुबिसु घरघरमा’ अभियान शुरू, इन्टरनेट सेवाको जानकारी दिन ठाउँठाउँमा मिटिङ प्वाइन्ट

'सुबिसु घरघरमा’ अभियान शुरू, इन्टरनेट सेवाको जानकारी दिन ठाउँठाउँमा मिटिङ प्वाइन्ट

इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसुले ‘सुबिसु घरघरमा’ नामक अभियान शुरू गरेको छ । 

कम्पनीले आफ्नो सेवा तथा प्याकेजको विषयमा जानकारी दिने उद्देश्यका साथ यस्तो ‘क्याम्पेन’ थालेको हो ।

जसमार्फत कम्पनीका नयाँ तथा पुराना ग्राहकले सुबिसुको सेवाको विषयमा विभिन्न जानकारी प्राप्त गर्न सक्नेछन् । 

कपन, बालाजु, न्युरोड, जोरपाटी, बुढानीलकण्ठ, लेले लगायतका क्षेत्रमा सुबिसुको टिमले आफ्नो प्याकेजहरूको बारेमा जानकारी दिँदै घरदैलो सम्पन्न गरिसकेको छ । 

घरदैलोका क्रममा छुटेका ग्राहकले आफ्नो नजिकैको 'मिटिङ प्वाइन्ट'मा सम्पर्क राख्न सक्नेछन् । ‘क्याम्पेन’ सञ्चालन हुने स्थानका घरदैलोमा पुगेर कम्पनीका कर्मचारीहरूले आफ्नो सेवाको बारेमा जानकारी दिइरहेका छन् ।  

आईप्लेक्स मल नयाँ बानेश्वर बाट राखिने ‘मिटिङ प्वाइन्ट’  क्रमशः काठमाडौं उपत्यकाका अन्य मुख्य मुख्य स्थानहरूमा समेत राखिने कम्पनीले जनाएको छ । 

अभियान अन्तर्गत विभिन्न स्थानमा दुई दिनसम्म सुबिसुका ‘मिटिङ प्वाइन्ट’ राखिनेछन् । यस क्रममा ग्राहकले आफ्नो नजिकै रहेको ‘मिटिङ प्वाइन्ट’मा गएर बिक्री र प्राविधिक सहायताको विषयमा जानकारी लिनुका साथै नयाँ कनेक्सनको लागि सोधपुछ गर्न सक्नेछन् ।

 ‘मिटिङ प्वाइन्ट’मा गएर नयाँ कनेक्सन लिने दश जना ग्राहकलाई लक्की ड्रबाटै ३५ प्रतिशत छुट उपलब्ध गराइनेछ । साथै त्यहाँ पुग्ने सेवाग्राहीलाई समावेश गरी साप्ताहिक लक्की ड्र समेत गरिने र त्यसबाट दुई जना ग्राहकलाई निःशुल्क १५० एमबीपीएस इन्टरनेट कनेक्सन उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्