२४ असार २०८३, बुधबार

अन्ततः मेटमणि चौधरी बने मन्त्री

अन्ततः मेटमणि चौधरी बने मन्त्री

एमालेबाट विद्रोह गरेर नेकपा एकीकृत समाजवादी पार्टीमा लागेका मेटमणि चौधरी मन्त्री बनेका छन् । अघिल्लो पटक नै मन्त्रीको दावेदार रहेका उनी मन्त्री बन्न पाएका थिएनन् । उनी स्वाभाविक दाबेदार रहेपनि पार्टीको आन्तरिक समीकरण मिलाउनु पर्ने भन्दै अन्तिम समयमा अध्यक्ष माधव कुमार नेपालले मन्त्री बन्नबाट रोकेका थिए ।

मन्त्री बन्न नपाएपछि उनले आर्थिक चलखेल भएको सार्वजनिक अभिव्यक्ति समेत दिएका थिए । उनै चौधरी आइतबार बने शहरी विकास मन्त्रीमा नियुक्त भएका हुन् । समाजवादीले रामकुमारी झाँक्रीको ठाउँमा चौधरीलाई पठाएको हो।  

salt training

कमेन्ट गर्नुहोस्