०१ असार २०८३, सोमबार

मासिक ६४ हजार कमाउने युवकले पाएनन् बेहुली ! चोकचोकमा पोस्टर झुण्ड्याएर आह्वान

असार १३, २०७९
मासिक ६४ हजार कमाउने युवकले पाएनन् बेहुली ! चोकचोकमा पोस्टर झुण्ड्याएर आह्वान

विवाह गर्नका लागि आफन्त, ईष्टमित्रको सम्पर्कबाट बेहुली खोज्ने गरिन्छ तर यसरी बेहुली खोज्न असफल भएपछि एक व्यक्तिले चोकचोकमा पोस्टर झुण्ड्याएका छन् ।

तमिलनाडुका २७ वर्षीय जगन विगत ५ वर्षदेखि बेहुली खोजिरहेका छन् तर असफल छन् । उनी मासिक ६४ हजार (भारु ४० हजार) रुपैयाँ तलब खान्छन् । उनको नाममा जग्गा पनि छ ।

बेहुली नपाएपछि हैरान भएर उनले पोस्टरमा आफ्नो व्यक्तिगत जानकारी सबै राखेका छन् भने इच्छुक युवतीले विवाहका लागि सम्पर्क गर्न आह्वान गरिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार स्थानीय टेलिभिजनसँग कुरा गर्दै उनले भनेका छन्, ‘विगत ५ वर्षदेखि म बेहुली खोज्दैछु तर सफल भएको छैन । मैले हालसम्म अरुका लागि यतिधेरै पोस्टर बनाए तर यसपालि आफ्नै लागि पोस्टर किन नबनाउने भनेर पोस्टर बनाएर चोकचोकमा झुण्ड्याएको छु ।’

शहरमा पोस्टर टाँसेर बेहुली पाइनेमा उनी विश्वस्त छन् । 

salt training

कमेन्ट गर्नुहोस्