साउन २२, २०७९
एकातिर पढाइ भइरहेको हुन्छ, अर्कोतिर उम्रिँदै गरेका सयपत्रीका बोटहरु । यसरी सयपत्रीका बोटहरु वृद्धि हुँदै जान्छन्, विद्यार्थीको ज्ञान नि त्यसरी नै बढ्दै गएको अनुभूति गर्छन, विद्यार्थीहरु । किनकि किताबी ज्ञानले मात्रै...
काठमाडाैं | असार १२, २०७९
कान्तिपुर हिसान बृहत् शैक्षिक मेलाको तेस्रो दिन विद्यार्थी तथा अभिभावकको उत्साहजनक सहभागिता देखिएको छ ।
काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा जारी मेलामा आइतवार करीब ६० हजार भन्दा बढीले अवलोकन गरेका छन् ।
मेलाको तेस्रो दिन निकै नै भीड लागेको भीएस निकेतन क्याम्पसका प्रधानाध्यापक गोपाल सिंहले लोकान्तरलाई जानकारी दिए ।
'शनिवारभन्दा पनि आइतवार विद्यार्थीको उपस्थिति बाक्लो देखियो,' सिंहले लोकान्तरसँग भने ।
एसईई उत्तीर्णपछि कक्षा ११ मा भर्ना हुने विद्यार्थी र कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीहरूलाई लक्षित गरी एडुफेयर सञ्चालन गरिएको उनको भनाइ छ ।
यस्तै ग्लोबल कलेजका प्रधानाध्यापक अम्ब दत्त जोशीले आइतवार विद्यार्थीहरूको सहभागीता उत्साहजनक भएको बताए ।
'हिजोसम्म निरुत्साहित थियौं, तर आज पूरै स्टल भरिभराउ देखियो,' उनले भने
विद्यार्थीहरूले कलेजको पूर्वाधार र फीबारे बढी जानकारी लिएको उनले बताए ।
कलेजको १६ स्टल पूरै भरिभराउ भएको उनको भनाइ छ ।
ब्रिटिश कलेजका प्रशासन तथा मार्केटिङ प्रमुख अमरदीप मण्डलले कलेजको स्टलमा आइतवार ३ सयभन्दा बढीले सहभागीता जनाएको बताए ।
लोकान्तरसँग उनले भने,'कोभिड पछिको पहिलो ठूलो फेयर हो निकै उत्साहजनक छ, मेलामार्फत विद्यार्थीहरूले नेपालमा पनि राम्रो अध्ययन छ भन्ने हिसाबले बुझिरहनुभएको छ ।
हिसानका उपपाध्यक्ष तथा हेरल्ड इन्टरनेसनल कलेजका चेयरम्यान तथा प्रधानाध्यापक नारायणप्रसाद उपाध्यायले विज्ञान विषयमा विद्यार्थीहरूले बढी चासो राखेको बताए।
उनका अनुसार नेपालका विभिन्न ठाउँबाट विद्यार्थीहरू मेलामा सहभागी भएका छन् ।
उनले भने,'कतिपय त ब्रीज कोर्श अध्ययन गरिरहेका विद्यार्थीहरूले उत्साहका साथ मेलामा सहभागी भएको पाइएको छ ।'
'उत्कृष्ट शिक्षा नेपालमै’ नारा दिइएको ‘कान्तिपुर हिसान एडुफेयर’ भोलि (सोमबार) सम्म सञ्चालन हुनेछ ।
४ दिनको सो मेलामा २ लाखले अवलोकन गर्ने अनुमान गरिएकोमा लक्ष्यअनुसार पुग्ने आँकलन संयोजक शर्माको छ ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) र कान्तिपुर पब्लिकेसन्सले संयुक्तरुपमा आयोजना गरेको मेलामा ७४ वटा शिक्षण संस्थाको स्टल रहेका छन् ।
हरेक दिन मेला बिहान १० देखि ५ बजेसम्म सञ्चालन हुनेछ ।
मेलामा देशभरकै विद्यार्थीहरू उपस्थित रहेको संयोजक शर्माले जानकारी दिए ।
'विद्यार्थीहरूले जुन विषयमा जिज्ञासा राखे र सोही अनुसारको जानकारी पाए । त्यसले हिजो बुझेको र अहिले बुझेकोमा फरक पाएका छन् । यति भएपछि आफूलाई उपयुक्त लागेको विषयमा निर्धक्क अध्ययन गर्न सक्नेछन् भन्ने अपेक्षा गरिएको छ,' संयोजक शर्माले लोकान्तरसँग भने ।
एकातिर पढाइ भइरहेको हुन्छ, अर्कोतिर उम्रिँदै गरेका सयपत्रीका बोटहरु । यसरी सयपत्रीका बोटहरु वृद्धि हुँदै जान्छन्, विद्यार्थीको ज्ञान नि त्यसरी नै बढ्दै गएको अनुभूति गर्छन, विद्यार्थीहरु । किनकि किताबी ज्ञानले मात्रै...
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले चिकित्सा विषयका विद्यार्थीले चाहेको विषय पढ्न नपाउने स्थिति रहेको बताएका छन् । चिकित्सा शिक्षा आयोग, मेडिकल काउन्सिल, स्वास्थ्य प्रतिष्ठान पदाधिकारी, विश्वविद्यालय ...
महोत्तरीको बर्दिबास नगरक्षेत्रका सामुदायिक विद्यालय गर्मी बिदापछि आइतवार खुले पनि पठनपाठन भने अव्यवस्थित बनेको छ । बर्दिबास नगरपालिकाले करारका शिक्षकको म्याद नथपेकाले पठनपाठन अन्योल भएको हो । करारका श...
विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका लागि संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा जग्गा उपलब्ध गराइएको छ । नगरपालिका–९ ढुंगे बिसौनामा विश्वविद्यालय पूर्वाधार समितिको नाममा ४८.६७ र...
प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना माग र हक अधिकारका सवाल उठाउँदा विश्वविद्यालयको शैक्षिक पात्रो र पठनपाठन प्रभावित हुन नदिने वातावरण सिर्जना गर्न प्राध्यापकहरूलाई आग्रह गरेका छन् । नेपाल प्राध्यापक संघको ६०औ...
प्राविधिक विषय अध्ययनका लागि इलाम नगरपालिका र रत्नकुमार वान्तवा बहुप्राविधिक शिक्षालयबीच तीनवर्षे डिप्लोमा तहमा सञ्चालित कार्यक्रम अध्ययनका लागि सम्झौता भएको छ । यसमा पशु विज्ञान, बाली विज्ञान, वन विज्ञान, सिभिल इ...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...