२९ असार २०८३, सोमबार

एक दिन पनि टिकेन शेयर बजारको उछाल, २३ अंकले घट्यो नेप्से

एक दिन पनि टिकेन शेयर बजारको उछाल, २३ अंकले घट्यो नेप्से

शेयर बजारमा आइतवार देखिएको उत्साह एक दिन पनि टिकेन । आइतवार लामो समयपछि ९४.९२ अंकले बढेको शेयर बजार सोमवार भने २३.८५ अंकले घटेको छ ।

आइतवार एकै दिन २१ कम्पनीमा सकारात्मक सर्किट लागेको र थप ३१ कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको भए पनि सोमवार भने शेयर बजार पुनः ओरालो लाग्न थालेको छ । 

सोमवार बजार घटे पनि सीवाईसी नेपाल लघुवित्त, न्यादी हाइड्रोपावर र लाइफ इन्स्योरेन्स कर्पोरेशनको शेयर मूल्य ९.१५ देखि ९.९९ प्रतिशतसम्मले बढेको छ । अरू थप ३१ कम्पनीको शेयर मूल्य ०.०५ प्रतिशतदेखि ६.०७ प्रतिशतसम्मले बढेको छ । बाँकी सबै कम्पनीको शेयर मूल्य घटेको छ । आज बजार १९३३.१३ बिन्दुमा झरेको छ । 

सोमवार उन्नति सहकार्य लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ । यो कम्पनीको शेयर मूल्य १० प्रतिशतले घटेको छ । अरू १९३ कम्पनीको शेयर मूल्य भने ०.०१ देखि ७.७९ प्रतिशतसम्मले घटेको छ । 

सोमवार २२९ कम्पनीको ५६ लाख ४१ हजार कित्ता शेयरको ४३ हजार १२२ पटक कारोबार भएको छ । यसबाट २ अर्ब ४ करोड रूपैयाँको कारोबार भएको छ । 

आज सबैभन्दा बढी मूल्यको शेयर कारोबार गर्नेमा नागरिक लगानी कोष छ । यसको आज १६४७ पटकको कारोबारबाट १५ करोड ६५ लाख रूपैयाँको कारोबार भएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्