२३ असार २०८३, मंगलबार

अहिलेको आर्थिक संकटको कारक केपी ओली र युवराज खतिवडा : प्रचण्ड

अहिलेको आर्थिक संकटको कारक केपी ओली र युवराज खतिवडा : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको आर्थिक अवस्था बिग्रनुको कारण पूर्ववर्ती केपी ओली सरकार भएको आरोप लगाएका छन् । 

कम्युनिस्ट संस्थापक नरबहादुर कर्मचार्यको स्मृतिमा सोमवार ललितपुरमा आयोजित कार्यक्रममा प्रचण्डले देशको सोधनान्तर घाटाको प्रणेता ओली सरकार र युवराज खतिवडा भएको आरोप लगाएका हुन् । 

‘शंकरजी कमसेकम हामीहरूका अगाडि यसरी नबोल्नुस् न, देशको सोधनान्तर घाटाको प्रणेता केपी ओली सरकार र युवराज खतिवडा हो,’ प्रचण्डले भने । 

त्यसअघि एमाले महासचिव शंकर पोखरेलले गठबन्धन सरकारका कारण देशको अर्थतन्त्र नाजुक अवस्थामा पुगेको आरोप लगाएका थिए । प्रचण्डको जवाफको बेला पोखरेल भने हिँडिसकेका थिए ।  

‘शंकरजीलाई सुनाउन मन थियो, कति धेरै भ्रष्टाचार भएको थियो तपाईंहरुको पालामा,’ प्रचण्डले भने ।
 

salt training

कमेन्ट गर्नुहोस्