०३ असार २०८३, बुधबार

इसेवाको विशेष अफर: बीमाशुल्क भुक्तानीमा २०० रूपैयाँ 'क्यासब्याक' पाइने

इसेवाको विशेष अफर: बीमाशुल्क भुक्तानीमा २०० रूपैयाँ 'क्यासब्याक' पाइने

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले मंगलवार परेको अन्तर्राष्ट्रिय बीमा जागरूकता दिवसका अवसरमा विशेष अफर सार्वजनिक गरेको छ । 

यस अफरअन्तरगत मंगलवार दिउँसो १२ बजेदेखि २ बजेसम्म इसेवामार्फत जीवनबीमाको बीमा शुल्क भुक्तानी गर्दा २०० रूपैयाँ क्यासब्याक प्राप्त गर्न सकिनेछ । यसै गरी जीवन बीमा कम्पनीमा गई सोही दिन क्यूआर मार्फत भुक्तानी गर्दा पनि सोही क्यासब्याक पाउन सकिनेछ । 

यसरी इसेवामार्फत भुक्तानी गर्दा इसेवाले हाल सञ्चालन गरिरहेको लखपति योजनामा समेत सहभागी हुन सकिनेछ । इसेवाले बीमितहरुले घरमै बसेर बीमा शुल्क भुक्तानी गर्न प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले बीमितहरूका लागि लखपति योजना सञ्चालन गरिरहेको जनाएको छ । 

भदौ ५ गतेसम्म सञ्चालन हुने यस योजनामा इसेवाबाट कुनै पनि जीवन बीमा कम्पनीको बीमा शुल्क भुक्तानी गर्ने व्यक्तिहरूमध्येबाट बम्पर उपहारमा एक जनाले एक लाख रूपैयाँ उपहार प्राप्त गर्नेछन् । 

यस्तै उपहार विजेता बीमितको बीमा एजेन्ट र सोही एजेन्टको शाखा कार्यालयले पनि २०/२० हजार नगद उपहार प्राप्त गर्ने कम्पनीले जनाएको छ । 

यसै गरी योजना सञ्चालन अवधिभर बीमा शुल्क भुक्तानी गर्नेहरूमध्येबाट हरेक दिन एक जनाले गोलाप्रथामार्फत एक हजार रुपैयाँ प्राप्त गर्नेछन् । यो योजना नेपालमा सञ्चालित सबै बीमा कम्पनीको शुल्क भुक्तानी गर्दा लागू हुनेछ । 

इसेवाले पछिल्ला दिनमा इन्स्योरेन्स्को प्रिमियम अनलाइनबाट भुक्तानी गर्न प्रोत्साहन गर्नका लागि विभिन्न अफर तथा योजना सार्वजनिक गर्दै आएको छ ।  

इसेवाले हाल एण्ड्रोइड मोबाइलमा ५२ लाख र आईओएस् मोबाइलमा करिब १० लाख गरी ६० लाख बढी ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको जनाएको छ । 

‘इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई  डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ,’ इसेवाले विज्ञप्ति जारी गर्दै भनेको छ ।

salt training

कमेन्ट गर्नुहोस्