
काठमाडौं, ८ साउन आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माको मुद्दामा आज सुनुवाई हुने भएको छ । सर्वोच्च अदालतको पूर्ण इजलासमा उक्त मुद्दाको सुनुवाई हुने भएको हो ।
न्यायाधीशहरु दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदा प्रसाद घिमिरे र अनिलकुमार सिन्हासहितको पूर्ण इजलासले आज यसमा सुनुवाई गर्दैछ ।
शर्मालाई कर छुट प्रकरणमा भ्रष्ट्राचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेर अनुसन्धान थालेको थियो । आफ्ना पतिलाई गैह्र कानुनी तरिकाले पक्राउ गरिएको भन्दै शर्माकी पत्नीले सर्वोच्चमा रिट हालेकी थिइन् ।
सो रिटको सुरुवाती सुनुवाईमा निकास ननिस्किएपछि सर्वोच्चले पूर्ण इजलासमा उक्त मुद्दाको सुनुवाई गर्दैछ ।