२७ असार २०८३, शनिबार

यसकारण शनिवार कपिल शर्माको शोको नयाँ भाग आएन

कात्तिक २०, २०७४
यसकारण शनिवार कपिल शर्माको शोको नयाँ भाग आएन

काठमाडौं, ८ साउन — शनिवार 'द कपिल शर्मा शो'को नयाँ भाग नआएपछि उनका प्रशंसकहरू निराश भएका छन् । हिजो उक्त शोको एक पुरानो एपिसोड प्रसारण गरिएको थियो ।


शनिवारको एपिसोडमा एउटा डिस्क्लेमर राखिएको थियो, ‘तपाईंहरू द कपिल शर्मा शोको हालै प्रसारित भागको रिपिट हेरिररहनुभएको छ । अर्को हप्ता तपाईं एक नयाँ भाग हेर्न सक्नुहुनेछ ।’

खासमा हास्यकलाकार कपिल शर्मा बिरामी छन् । हालै कपिलले 'मुबारकाँ' फिल्मका कलाकारहरूसँग शूटिङ गर्नुपर्ने थियो र उनी बेहोश भएकाले उनलाई कोकिलाबेन अस्पताल कुदाउनुपरेको थियो ।

'जब ह्यारी मेट सेजल'को टीमसँग शूटिङ गर्ने बेलामा पनि कपिल बेहोश भएका थिए । विगत दुई महिनामा उनी तीनपटक बेहोश भइसकेका छन् ।

कपिललाई आफ्ना कट्टर दुश्मन कृष्णा अभिषेकको नयाँ शो शुरु भएको र सुनिल ग्रोभरलाई शोमा फर्काउनका लागि फकाउन नसकेको कारण डिप्रेसन भएको छ अनि 'फिरंगी' फिल्मको शूटिङको धपेडी परेको कारणले स्वास्थ्यमा समस्या आइरहेको छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्