साउन २७, २०७९
शुक्रवार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवारको तुलनामा सुनको मूल्य प्रतितोलामा ७ सय रुपैयाँले वृद्धि भएको हो । महासंघका अनुसार शुक्रवार छा...
काठमाडाैं | असार १४, २०७९
महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले आफ्नो बहुप्रतीक्षित एसयुभी, ‘अल–न्यू स्कर्पियो–एन’ नेपाली बजारमा सार्वजनिक गरेको छ ।
सोमवार एक कार्यक्रमका बीच महिन्द्राले नयाँ एसयुभी सार्वजनिक गरेको हो ।
कार्यदक्षता, प्रविधि, क्षमता र नवीन आविष्कार (इनोभेसन) को संयोजन रहेको अल–न्यू स्कर्पियो–एनले महिन्द्राको प्रामाणिक एसयूभी डीएनको समृद्ध विरासत जीवित राख्दै एक एकाग्रतायुक्त, अत्याधुनिक ड्राइभिङ अनुभव प्याकेज प्रदान गर्ने कम्पनीको दाबी छ ।
अल–न्यू स्कर्पियो–एनलाई यसको प्रभावशाली उपस्थिति, हेड–टर्निङ डिजाइन, कमाण्डिङ ड्राइभिङ पोजिसन र राम्रोसँग सजावट गरिएको भित्री साजसज्जासहित पुनर्परिभाषित गरि डी–सेगमेन्ट एसयूभी श्रेणीमा डिजाइन गरिएको छ ।
यसबाहेक, आफ्नो प्रामाणिक एसयूभी प्रतिज्ञा पूरा गर्दै, यसले रोमाञ्चक ड्राइभिङ अनुभवको लागि उच्च प्रदर्शन गर्दछ ।
अल–न्यू स्पर्पियो–एनको शुरूआतले महिन्द्राको नयाँ भिजुअल आइडेन्टीको अनावरणलाई संकेत गर्दछ, कम्पनीको एसयुभी पोर्टफोलियोलाई फरक तुल्याउनका नयाँ लोगो राखिएको छ ।
‘‘ट्विन पिक’ लोगोका खास विशेषता– यसले त्यो साहसिक नयाँ दिशाको प्रतिनिधित्व गर्दछ जसलाई महिन्द्राले नयाँ युगका उत्पादनहरूबाट आरम्भ गरेको छ, जुन नयाँ युगको स्वामित्व अनुभव प्रदान गर्न डिजाइन गरिएको हो,’ महिन्द्राले एक विज्ञप्ति जारी गर्दै भनेको छ ।
इटालीको पिनिनफेरिना र महिन्द्रा इन्डिया डिजाइन स्टुडियो (एमआईडीएस), मुम्बई मा डिजाइन गरिएको र संयुक्त राज्य अमेरिकाको महिन्द्रा नर्थ अमेरिकन टेक्निकल सेन्टर(एमआरभी) र चेन्नईमा विशेषज्ञ टिमहरूद्वारा इन्जिनियरिङ गरिएको एवं पुणेको अत्याधुनिक विश्वस्तरीय सुविधामा अल न्यू स्कपिर्यो एन बनाइएको हो
घोषणा कार्यक्रममा एम एन्ड एम लिमिटेड, अटोमोटिभ डिभिजनका अध्यक्ष विजय नाकराले भारतसँगै दक्षिण अफ्रिका र नेपालमा अल–न्यू स्कर्पियो–एन एकैसाथ अनावरण गरिएको जानकारी दिए ।
उनले भने,‘यी मुलुकहरूमा एक साथ अल–न्यू स्कर्पियो–एन सार्वजनिक गर्न पाउँदामा हर्षित छौं । अल–न्यू स्कर्पियो–एन यस वर्ष नेपालमा ल्याउने योजना बनाइएका एसयूभीको श्रृङ्खलामध्ये पहिलो हो ।’
उनले थपे,‘यो नयाँ ‘ट्विन पिक्स लोगो’ बोक्ने पहिलो एसयूभी पनि हो । यो नयाँ ब्रान्ड पहिचान परिष्कृत र प्रामाणिक एसयूभीहरूको निर्माता बन्ने महिन्द्राको रणनीति अनुरूप छ । यसले हाम्रो एसयूभी पोर्टफोलियोमा रणनीतिक परिवर्तनको घोषणा गर्छ, यो नयाँ संसारका लागि प्रस्तुत गरिने प्रामाणिक एसयूभीहरू श्रृंखलाको यो पहिलो कदम हो ।’
कार्यक्रममा बोल्दै अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले स्कपियोको नयाँ गाडी ग्राहकहरूले निकै नै रुचाउने दाबी गरे ।
‘अग्नि मोटर्सले महिन्द्रासँगको हाम्रो सम्बन्धप्रति गौरवान्वित छ, जुन तीन दशकभन्दा लामो समयदेखि कामय छ र स्कर्पियोको नयाँ अवतारका साथ ग्राहकहरूलाई खुसी पार्न तत्पर छ,’ उनले भने,‘नयाँ अल–न्यू स्कर्पियो–एनले नेपालको एसयूभी–्स्वामित्व अनुभवलाई पुनः परिभाषित गर्ने प्रतिज्ञा गरेको छ । भारतको शुभारम्भसँगै नेपालमा पनि अल–न्यू स्कर्पियो–एन प्रस्तुत गर्न पाएकोमा हामी गौरवान्वित छौं ।’
यस्ता छन् मुख्य विशेषता
नयाँ युगको प्रामाणिक एसयूभी खोज्नेहरूका लागि नयाँ द स्कर्पियो–एनलाई इञ्जिनियरिङ गरिएको छ ।
नयाँ तेस्रो पिढीको बडी–अन–फ्रेम प्लेटफर्ममा निर्माण गरिएको द स्कर्पियो–एनले अग्रणी वर्ग– (क्लास लिडिङ) संरचनात्मक कठोरता, अफ–रोड क्षमता र उदाहरणीय अन–रोड व्यवहारको गर्व गर्ने कम्पनीको भनाइ छ ।
द स्कर्पियो–एनमा १४९.१४ किलोवाट (२०० पीएस) शक्ति र ३८० एनएम टेर्क उत्पादन क्षमताको टीजीडीआई एमस्टालियन (पेट्रोल) इन्जिनद्वारा सञ्चालित छ ।
यस्तै १२८.६ किलोवाट (१७५ पीएस) शक्ति र ४०० एनएम टकको एमहक (डीजल) इन्जिनयुक्त पनि छ ।
यसमा दुवै म्यानुअल र अटोमेटिक ६ स्पिड ट्रान्समिसन र फोरव्हील ड्राइभ विकल्पसहित उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
डिजाइन
द स्कर्पियो–एन ले पौरुसत्व कारकलाई पूरै नयाँ तहमा अगाडि लैजान्छ ।
सिग्नेचर ह्वील आर्चहरू पौडीवाज व्यक्तिको पुष्ट रूपरेखा (सिन्यूल सिल्हुट)बाट प्रेरणा लिंदै अझ बढी आकर्षक मासंपेशीयुक्त (मस्कुलर) बनाइएका छन् ।
धातुको स्कर्पियो (बिच्छी)को पुच्छरजस्तो तत्वलाई बेल्टलाइनमा निर्बाध रूपमा एकीकृत गरिएको छ, यो झ्यालको माथिसम्म पूरै घुम्दै, स्कर्पिया –एनलाई थप आकर्षण दिन्छ ।
डिजाइनको कमान्डिङ प्रकृति सहजै अग्रभागमा पनि अनुवादित भएको छ ।
स्कर्पियो (बिच्छी)को चरित्र सर्वव्यापी छ किनकि अग्लो, स्ट्याक गरिएको टेलल्याम्प डिजाइनले अगाडिको जस्तै पछाडिको भागमा एक प्रभावशाली उपस्थिति जनाउने कम्पनीको दाबी छ ।
पूर्णतः नयाँ द स्कर्पियो–एन बाहरिजस्तै भित्री रूपमा पनि मनमोहक छ ।
उत्कृष्ट कफी–ब्ल्याक लेथरेट अपहोल्स्ट्री, उत्कृष्ट कमाण्ड सिट पोजिसन, बलियो मेटल फिनिस्ड डुअल रेलमा घेरिएको सेन्टर कन्सोल, उन्नत इन्फोटेनमेन्ट प्रणाली र थप कुराहरूका साथ यात्रुहरूलाई स्वागत गर्दछ, जसले ‘प्रिमियम–नेस’लाई अर्को स्तरमा लैजान्छ ।
द स्कोर्पियो–एनका भित्री भागलाई अत्यधिक परिष्कृत अनुभूति प्रदान गर्नका डिजाइन गरिएको छ, जसले चालक र यात्रुहरूलाई समान रूपमा आनन्दित तुल्याउने छ ।
द स्कर्पियो–एनले बेन्चमार्क ड्राइभिङ गतिशीलता प्रदान गर्न उपलब्ध सबैभन्दा जटिल प्रविधिहरूको प्रयोग गर्दछ ।
गतिशील क्षमता र आश्वासनदायी ह्यान्डलिङ क्षमताहरूको उल्लेखनीय स्तर प्रस्ताव गर्न नवीनतम पुस्ताको बडी–अन–फ्रेम संरचनालाई अनुकूलन गरिएको छ ।
यसबाहेक, आत्मविश्वासपूर्ण सवारी सञ्चालन र ह्यान्डलिङ विशेषता प्रदान गर्न पेन्टा–लिंक रियर सस्पेन्सनयुक्त सेगमेन्ट–फस्र्ट वाट्स लिंक प्रणाली रहेको छ ।
यसको श्रेणीमा रहेको गाडीको लागि स्टेरिङ सेटअप उल्लेखनीय रूपमा सहज र प्रतिक्रियाशील हुन्छ तथा चार वटै डिस्क ब्रेकले आनन्ददायी तर सुरक्षित ड्राइभ सुनिश्चित गर्छ ।
द स्कर्पियो–एन फस्र्ट–इन–क्लास, इन्टेलिजेन्ट टेरेन म्यानेजमेन्ट टेक्नोलोजीको साथ सबै भूभागहरूमा आधिपत्य कायम गर्ने गरि डिजाइन गरिएको छ ।
केवल स्पर्शका साथ, इलेक्ट्रिक सिफ्ट–अन–द–फ्लाई ४व्हील ड्राइभ सिस्टमले २डब्ल्यूडी मोडबाट द स्कर्पियो–एनलाई सबै–विजय गर्ने, सक्षम ४डब्लूडी प्राणीमा रुपान्तरण गर्दछ ।
स्कर्पियो–एनले पनि चालकको मुडः जिप, जाप र जूम मिलाउन तीन ड्राइभ मोड प्राप्त गर्दछ ।
शुक्रवार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवारको तुलनामा सुनको मूल्य प्रतितोलामा ७ सय रुपैयाँले वृद्धि भएको हो । महासंघका अनुसार शुक्रवार छा...
अनलाइन मार्केटप्लेस ‘ग्यापु’ ले प्रयोगकर्ताहरूका लागि बिना झन्झट घरमै बसेर पैसा कमाउने अवसर ल्याएको छ । ग्यापुको अफिलिएट प्रोग्राम अन्तर्गत ‘रिफर एण्ड अर्न’, ‘सेयर एण्ड अर्न&...
नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता रहेको एमएडब्लू इण्टरप्राइजेज र नेपाल चार्डर्ड एकाउण्टेण्टस सङ्घबीच व्यापारिक सम्झौता भएको छ । उक्त सम्झौता दुई कम्पनीबीचको व्यापार प्रवर्द्धन गर्न तथा दुई पक्...
भिडोल लुब्रिकेन्ट्सको डिलर मिट सम्पन्न भएको छ । साउन १९ देखि २१ गतेसम्म पोखराको ग्रान्डी होटलमा सम्पन्न डिलर मिटमा देशभरिका २५ वटा डिलर सहभागी भएका थिए । कार्यक्रममा बिक्री रिपोर्टिङ र अन्य जानक...
सुनको मूल्य सोमवार प्रतितोला ४ सय रुपैयाँले घटेको छ । आइतवारको तुलनामा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुनको मूल्य प्रतितोल...
नेपालको अग्रणी अनलाइन बजार, दराजले सोमवारदेखि दराजमल फेस्ट शुरू हुने घोषणा गरेको छ। यस अभियानले दराज मल मार्फत दराजका ग्राहकहरूलाई अद्वितीय र प्रिमियम शपिङ अनुभव प्रदान गर्ने कुरामा केन्द्रित हुनेछ कम्पनील...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...